फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"द बेल्ट एण्ड रोड"चीनको भौगर्भित रणनीतिको साधन नभएको चिनियाँ भनाइ

(GMT+08:00) 2018-03-04 14:30:31

सन् २०१८ चीनले "द बेल्ट एण्ड रोड"प्रस्ताव गरेको पाँचौं वर्ष हो। यस उपलक्ष्यमा तेह्रौं राष्ट्रिय जन कंग्रेसको पहिलो अधिवेशनका प्रवक्ता चाङ ये सुईले "द बेल्ट एण्ड रोड"चीनको भौगर्भित रणनीतिको साधन भएको भनी यसबारे गलत बुझेको बताउनुभयो।

चाङ ये सुईले आपसी श्रेष्ठता तथा एक-अर्कालाई पुरक बनाउनेमार्फत विश्वको आर्थिक बृद्धि तथा संयुक्त विकासका लागि अरु बढी अवसर प्रदान गर्नका लागि चीनले"द बेल्ट एण्ड रोड"प्रस्ताव प्रस्तुत गरेको बताउनुभयो। उहाँका अनुसार,"द बेल्ट एण्ड रोड"को सिद्धान्त संयुक्त छलफल,संयुक्त निर्माण र संयुक्त उपभोग हो। यस प्रस्तावमा संलग्न सबै पक्ष समान साझेदार हुन्। यो प्रस्तावले कुनै पनि मुलुकलाई लक्षित नगरिकन प्रस्तावप्रति चासो भएका जुनसुकै मुलुक यसमा भाग लिनसक्ने बताउनुभयो।

चाङ ये सुईका अनुसार,बिगत पाँच वर्षको अवधिमा विभिन्न पक्षको संयुक्त प्रयासमा "द बेल्ट एण्ड रोड"को निर्माणमा प्रशस्त उपलव्धि हासिल भएको छ। "द बेल्ट एण्ड रोड"को निर्माणका लागि सक्रिय तथा रचनात्मक राय-सुझावलाई चीनले सधैँ स्वागत गरेको छ।

जानकारी तथा लेखहरु