फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेह्रौं राष्ट्रिय जन कंग्रेसको पहिलो अधिवेशनको अवधिको घोषणा

(GMT+08:00) 2018-03-04 14:31:30

तेह्रौं राष्ट्रिय जन कंग्रेसको पहिलो अधिवेशन मार्च पाँचदेखि बीस तारिखसम्म पैचिङ्गमा आयोजना हुनेछ। समस्त अधिवेशन अवधि साढे पन्ध्र दिन चल्ने छ। यस पटकको अधिवशेन बितेका केही वर्षयता अवधि सबैभन्दा लामो र सबैभन्दा धेरै विषय रहेको अधिवेशन हुनेछ।

आज मार्च चार तारिख बिहान आयोजित पत्रकार सम्मेलनमा नव नियुक्त प्रवक्ता चाङ ये स्वैले यो अधिवेशनका दश बुँदे विषयबारे जानकारी दिनुभएको छ। उहाँका अनुसार, ती दश बुँदे विषयमध्ये सरकारको कार्य-प्रतिवेदनको लेखाजोखा गर्ने, बजेटमाथि वहस गर्ने, संविधान संशोधित मस्यौदा र निगरानी कानून मस्यौदाको लेखाजोखा गर्ने, राष्ट्रिय जन कंग्रेस स्थायी समितिको कार्य-प्रतिवेदन, सर्वोच्च जन अदालतको कार्य-प्रतिवेदन र सर्वोच्च जन न्यायाधिवक्ताको कार्य-प्रतिवेदनको लेखाजोखा गर्ने, राज्य परिषद्को संस्था सुधार योजनाको लेखाजोखा गर्ने र राष्ट्रिय संस्थाका सदस्यको निर्वाचन तथा मनोनयन गर्ने विषय समावेश छन्।

प्राप्त जानकारी अनुसार, अधिवेशन अवधिमा संविधान संशोधन, राष्ट्रिय जन कंग्रेस विधायिका र निगरानी कार्य, आर्थिक र सामाजिक विकासमा रहेका ध्यानाकर्षणका विषयहरूबारे जम्मा चौधवटा पत्रकार सम्मेलनको आयोजना गरिनेछ। मार्च बीस तारिख बिहान अधिवेशन सम्पन्न भएपछि नयाँ नियुक्त प्रधानमन्त्रीले चिनियाँ र विदेशी पत्रकारसँग कुराकानी गर्नुहुने कार्यक्रम रहेको छ।

जानकारी तथा लेखहरु