फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रिय जन कंग्रेसको अधिवशेनद्बारा संवैधानिक शपथग्रहण समारोहको आयोजना

(GMT+08:00) 2018-03-04 14:43:41

तेह्रौँ राष्ट्रिय जन कंग्रेसको पहिलो अधिवेशन मार्च पाँच तारिखदेखि पैचिङमा शुरु हुँदैछ। चार तारिख बिहान आयोजित पत्रकार सम्मेलनमा नव नियुक्त प्रवक्ता चाङ ये स्वैले राष्ट्रिय संस्थाका सदस्यको निर्वाचन र मनोनयन गरेपछि अधिवेशनले पहिलो पल्ट संवैधानिक शपथग्रहण समारोहको आयोजना गर्ने जानकारी दिनुभएको छ।

संविधानमा शपथग्रहण व्यवस्था लागू गरिएपछि राष्ट्रिय जन कंग्रेसमा संवैधानिक शपथग्रहण गतिबिधिको आयोजना गरिने यो पहिलो पटक हो। यसले गर्दा अझ राम्रोसँग संविधानको प्रतिष्ठा प्रतिबिम्बित गर्ने, संविधानको आधिकारिकता देखाउने र संविधानको भावनाको प्रचार-प्रसार गर्ने कुरामा प्रवक्ता चाङले जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु