फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेह्रौं राष्ट्रिय जन कंग्रेसको पहिलो पत्रकार सम्मेलन

(GMT+08:00) 2018-03-04 15:25:23

तेह्रौं राष्ट्रिय जन कंग्रेसको पहिलो अधिवेशन भोलि मार्च पाँच तारिख पैचिङमा शुरु हुँदैछ। "नयाँ युगको बसन्त ऋतुमा" हुने यो अधिवेशनले विश्वको ध्यानाकर्षण गराएको छ। आज मार्च चार तारिखका तेह्रौं राष्ट्रिय जन कंग्रेसको पहिलो अधिवेशनको पहिलो पत्रकार सम्मेलन आयोजित भयो। सो अधिवेशनका नयाँ प्रवक्ता चाङ ये सुईले अधिवेशनको कार्यसूचि जनाउनुका साथै वाह्य क्षेत्रले ध्यान दिएका धेरै चर्चित विषयहरुबारे चीन र विदेशका पत्रकारहरुद्वारा सोधिएका प्रश्नहरुको जवाफ दिनुभयो।

तेह्रौं राष्ट्रिय जन कंग्रेसको पहिलो अधिवेशनका नयाँ प्रवक्ता चाङ ये सुई पैंसट्ठी वर्षको हुनुहुन्छ। उहाँ चिनियाँ परराष्ट्र मन्त्रालयका वर्तमान आबासीय उप-मन्त्रीको पदमा बस्नुका साथै संयुक्त राष्ट्र संघका लागि चिनियाँ प्रतिनिधि तथा अमेरिकाका लागि चिनियाँ राजदूतको कार्यभार पूरा गरिसक्नु भएको छ। पत्रकार सम्मेलनमा उहाँले सर्वप्रथम यस अधिवेशनको कार्यसूचिबारे जानकारी दिनुभयो। चालू वर्षको राष्ट्रिय जन कंग्रेसको वार्षिक अधिवेशन एक निर्णायक वर्षमा आयोजना हुनलागेको महत्वपूर्ण अधिवेशन हुनेछ र यस अधिवेशनमा संवैधानिक शपथग्रहण समारोह पहिलो पटक आयोजना हुने कुरा उहाँले प्रकट गर्नुभयो।

एक घण्टा भन्दा बढी समयमा चीन र विदेशका पत्रकारहरुले चीनको कूटनीतीक नीति तथा अन्तर्राष्ट्रिय चर्चित विषयहरु,चीनको विकासको ढाँचा,"द बेल्ट एण्ड रोड",चीन-अमेरिका सम्बन्ध,कोरियाली प्रायद्वीपको परिस्थिति लगायत विषयहरुबारे प्रवक्ता चाङ ये सुईसँग प्रश्न सोधेका थिए।

जानकारी तथा लेखहरु