फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा सबैभन्दा बढी मध्यम आय वर्ग

(GMT+08:00) 2018-03-05 09:45:03

चीनका प्रधानमन्त्री ली ख छ्याङले आज पैचिङमा राष्ट्रिय जन काँग्रेसको उद्घाटन सत्रमा एक प्रतिवेदन सार्वजनिक गर्दै वितेका पाँच वर्षमा चीनमा छ करोड असी लाख भन्दा बढी गरिब जनसँख्या घटेको तथा चीनमा गरिबहरुको अनुपात दश दशमलब दुई प्रतिशतबाट घटेर तीन दशमलब एक प्रतिशतमा पुगेको छ।

चिनियाँहरुको आय प्रति वर्ष औसत रुपमा सात दशमलब चार प्रतिशतले बढेको छ। जुन चीनको आर्थिक वृद्धिको गतिलाई नाघेर विश्वमा सबैभन्दा बढी मध्यम आय वर्गको जमात् चीनमा रहेको छ। चीनबाट विदेश जाने पर्यटकहरुको सँख्या आठ करोड तीस लाखबाट बढेर तेह्र करोड पुगेको छ। वृद्धवृद्धाका लागि सामाजिक विमाले नब्बे करोड भन्दा बढी चिनियाँलाई ढाक्नुका साथै चिकित्सा विमाले एक अर्ब पैंतीस करोड पचास लाखलाई ढाकेको छ। जसबाट विश्वको सबैभन्दा ठूलो सामाजिक विमा सञ्जाल बनेको छ। चिनियाँहरुको औसत आयु सत्तहत्तर दशमलब सात वर्ष पुगेको छ।

जानकारी तथा लेखहरु