फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चौतर्फी सुधारलाई गहन पार्दै खुलापनको निरन्तरतामा जोड

(GMT+08:00) 2018-03-05 10:07:01

चीनले चालु चौतर्फी सुधारलाई गहन पार्दै खुलापनको पालनालाई निरन्तरता दिने छ। प्रधानमन्त्री ली ख छ्याङले मार्च पाँच तारिख प्रस्तुत गर्नु भएको सरकारी कार्य प्रतिवेदनमा उक्त कुरा उल्लेख गर्नुभएको हो।
उहाँले जानकारी दिनुभए अनुसार, गत वर्ष चीनको सरकारी स्वामित्वयुक्त व्यवसायहरूले पाएको लाभको बृद्धि दर २३.५ प्रतिशत पुगेको छ। अचल पूँजी दर्ता गरिने व्यवस्था खडा गरिएको छ। बैंकको व्याज नियन्त्रण अवस्थालाई छोड्दै बैंक बचत बिमा अवस्था खडा गरिएको छ। शहरी तथा ग्रामीण बासिन्दाको एकीकृत पेन्सन र चिकित्सा विमा अवस्था खडा गरिएको छ।
चीनले खुलापन गर्ने आधारभूत राष्ट्रिय नीतिको पालना गर्दै बेल्ट एण्ड रोड अवधारणाको संयुक्त निर्माणलाई अघि बढाउँदै जाने छ। शाङहाई लगायत ११ वटा स्वतन्त्र व्यापार परीक्षात्मक क्षेत्र तथा १३ वटा अन्तर्देशीय इ-कर्मस मिलिजुली परीक्षात्मक क्षेत्र स्थापना गरिएको छ। चीनमा कार्यरत विदेशी विशेषज्ञको संख्या ४० प्रतिशतले बृद्धि भएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषको एस.डी.आर.(स्पेसल ड्रविङ राइट)मा चिनियाँ मुद्रा आर.एम.बी.को प्रवेश भएको छ।
जानकारी तथा लेखहरु