फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्बारा उच्चस्तरीय खुलापनमार्फत उच्च गुणस्तरीय विकासको प्रबर्द्धन

(GMT+08:00) 2018-03-05 10:48:43
चीनका प्रधानमन्त्री ली ख छ्याङले चालु वर्ष चीनले उच्चस्तरीय खुलापनमार्फत उच्च गुणस्तरीय विकास अघि बढाउने कुरा औँल्याउनुभएको छ।

प्रधानमन्त्री लीका अनुसार, चीनले अन्तर्राष्ट्रिय बिशाल मार्ग निर्माणलाई अघि बढाउने, सम्बद्ध क्षेत्रको साझा विकासलाई गहन पार्ने, उत्पादित क्षमता सम्बन्धी अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने, पश्चिमी भाग, मुख्य भूमि र सम्बद्ध क्षेत्रको खुलापन हुने शक्ति बढाउने तरिकामार्फत "बेल्ट एण्ड रोड" अन्तर्राष्ट्रिय सहकार्यलाई अघि बढाउने कुरा बताउनुभएको छ। यसबाहेक, टेलिकम, चिकित्सा, शिक्षा, सामाजिक सुरक्षा प्रत्याभूति र नयाँ उर्जाद्बारा सञ्चालित सवारीसाधन आदि क्षेत्रको खुलापनको विस्तार गर्ने, चिनियाँ र विदेशी पूँजीद्बारा सञ्चालित बैंकलाई बजारमा भित्रिने मापदणडलाई एकीकृत पार्ने र विदेशी पूँजीद्बारा सञ्चालित व्यवसायको स्थापना गर्ने प्रक्रियालाई सहज पार्ने कुरा पनि उहाँले बताउनुभएको छ।

जानकारी तथा लेखहरु