फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले संविधान बमोजिम शासन गर्ने तथा कानून बमोजिम प्रशासनिक कार्य चाल्ने प्रक्रियालाई अघि बढाउने

(GMT+08:00) 2018-03-05 11:05:45

चीनका प्रधानमन्त्री ली ख छ्याङले आज मार्च पाँच तारिख राष्ट्रिय जन काँग्रेससमक्ष प्रतिवेदन प्रस्तुत गर्दै चीनले संविधान बमोजिम शासन गर्ने तथा कानून बमोजिम प्रशासनिक कार्य चाल्ने प्रक्रियालाई अघि बढाउने, कानूनबाट सञ्चालित सरकारको निर्माणलाई गतिशील पार्ने तथा सरकारको प्रभावकारिता तथा दक्षतालाई चौतर्फी रुपमा उकास्ने बताउनुभएको छ।

प्रधानमन्त्री ली ख छ्याङका अनुसार, सरकारी गतिविधिलाई चौतर्फी रुपमा कानूनी व्यवस्थाभित्र राखिने तथा राजनीतिक मामिलाको खुलापन स्तरलाई सर्वतोमुखी रुपमा अघि बढाइनेछ। अनुशासनको अनुगमनलाई सबल पारिने, सरकारी अधिकारीको पहुँच तथा अधिकारलाई व्यवस्थित गर्दै सिमित पारिने तथा विभिन्न किसिमका भ्रष्टाचार गतिविधिलाई कडाईका साथ कारवाही गरिनेछ।

जानकारी तथा लेखहरु