चिनियाँ सरकारले आज पाँच तारिख तेह्रौं राष्ट्रिय जन काँग्रेसलाई प्रस्तुत गरेको प्रतिवेदन अनुसार, सन् 2018 मा चीन विशेषतायुक्त सेनालाई बलियो बनाउने बाटोमा हिँड्ने, सशक्त तथा सटीक रुपमा राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र विकसित अधिकार तथा हितको संरक्षण गर्ने छ।
चीनले राष्ट्रिय प्रतिरक्षा र सैनिक सुधारलाई अघि बढाउँदै जाने, शक्तिशाली र स्थिर आधुनिक सीमावर्ती क्षेत्र बनाउँदै समुद्री र वायु प्रतिरक्षाको निर्माण गर्ने उल्लेख गर्दै गहन रुपमा सेना र जनतालाई मिलाएर संयुक्त विकास रणनीतिको लागू गर्ने, राष्ट्रिय प्रतिरक्षा वैज्ञानिक प्राविधिक उद्योगको सुधारलाई गहन पार्ने प्रतिवेदनमा प्रस्तुत गरिएको छ।