फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विभिन्न मुलुकसँगै मानव जातिको भाग्यको एकरुपताको स्थपाना गर्दै जान चीन इच्छुक

(GMT+08:00) 2018-03-05 11:13:09

मार्च पाँच तारिख चीनको सर्वोच्च आधिकारिक संस्था चिनियाँ राष्ट्रिय जनकंग्रेससमक्ष पेश गरिएको सरकारी कार्य-प्रतिवेदनमा सधैँ शान्तिपूर्ण विकास हुने बाटोमा डट्दै जानुका साथै चीनले नयाँ ढाँचाको अन्तर्राष्ट्रिय सम्बन्ध स्थापनालाई अघि बढाउँदै जाने कुरा उल्लेख गरिएको छ। विभिन्न मुलुकसँगै मिलेर मानव जातिको भाग्यको एकरुपताको स्थापनालाई अघि बढाउन चीन इच्छुक रहेको कुरा उक्त प्रतिवेदनमा उल्लेख छ।

चीनले सक्रियताका साथ विश्वको सञ्चालनमा भाग लिनुका साथै खुलस्त विश्व अर्थतन्त्रको निर्माणमा भाग लिँदै जाने कुरा पनि उक्त कार्य-प्रतिवेदनमा जनाइएको छ। चीनले विगतमा झैं अन्तर्राष्ट्रिय र क्षेत्रीय ध्यानाकर्षण समस्याको समाधानका लागि दायित्वपूर्ण ठूलो मुलुकको भूमिका निर्वाह गर्दैजानुका साथै विदेशी हितयुक्त सुरक्षा प्रत्याभूति प्रणालीलाई पूर्णता दिलाउँदै जाने कुरा पनि उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ।

जानकारी तथा लेखहरु