फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेह्रौं राष्ट्रिय जन कंग्रेसको पहिलो अधिवेशन पैचिङ्गमा शुरु

(GMT+08:00) 2018-03-05 15:23:15

तेह्रौं राष्ट्रिय जन कंग्रेसको पहिलो अधिवेशन आज मार्च पाँच तारिख सोमबार बिहान पैचिङस्थित जनवृहतसभा भवनमा शुरु भएको छ। सी चिन फिङ लगायत चिनियाँ कम्युनिष्ट पार्टी र राष्ट्रिय नेताहरुले यस अधिवेशनमा भाग लिनुभएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको 19औं महाधिवेशन पछि चीनको नयाँ खेपको सर्वोच्च पदाधिकारीद्वारा आयोजना भएको पहिलो अधिवेशनमा प्रधानमन्त्री ली ख छ्याङले राज्य परिषद्को तर्फबाट अधिवेशनसमक्ष बितेका पाँच वर्षको सरकारी कार्यप्रगति सुनुवाई गर्नुका साथै चालु वर्षको कार्यबारे राय-सुझाव प्रस्तुत गर्नुभएको छ। उहाँका अनुसार यस वर्षको सरकारी कार्यले सी चिन फिङको नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादको आर्थिक सिद्धान्तलाई पालन गर्दै असन्तुलित विकास समस्यालाई शक्तिशाली रूपमा समाधान गर्नुपर्छ। सुधार तथा खुलापनलाई विस्तार गर्दै सम्पन्न समाजको निर्माण सम्बन्धी तीन ठूला कडा संघर्ष राम्ररी गर्नुपर्छ।

यस वर्षको सरकारी काम सम्बन्धी राय-सुझावमा आपूर्ति-क्षेत्र सुधारलाई गहन प्रवर्द्धन गर्नु,नवनिर्माणलाई तीव्रता दिनु,आधारभूत तथा केन्द्रीय क्षेत्रको सुधारलाई गहन पार्नु,महत्वपूर्ण जोखिमको प्रतिरोध, गरिबी क्षेत्रमा प्रत्यक्ष सहायता,प्रदूषणको समाधान गरी तीन ठूला कडा संघर्ष,ग्रामीण क्षेत्रको पुनरुत्थान रणनीतिको शक्तिशाली रुपमा व्यवहारिक कार्यान्वयन,उपभोग्यको सक्रिय विस्तार र प्रभावकारी लगानीको प्रवर्द्धन चौतर्फी खुलापनको नयाँ प्रारुपको निर्माणलाई प्रवर्द्धन,नागरिक जीवन स्तरलाई प्रत्याभूति तथा सुधार गर्नु भन्ने मुख्य विषय समावेश छन्।

यस तेह्रौं राष्ट्रिय जन कंग्रेसको पहिलो अधिवेशनका जम्मा 2980 जना प्रतिनिधि रहेका छन्। उनीहरुले सरकारी कार्य प्रतिवेदन,संविधानको संशोधन,अनुगमन कानून,राज्य परिषदका संस्थाको सुधार आदि मसौदाको लेखाजोखा गर्नुका साथै राष्ट्रिय संस्थाका सदस्यको निर्वाचन गर्ने भएका छन्।

जानकारी तथा लेखहरु