फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ गुणस्तर र चिनियाँ ब्रान्डको सुधार्ने प्रयास:चीनका वाणिज्य मन्त्री

(GMT+08:00) 2018-03-05 16:44:13

चीनका वाणिज्य मन्त्री चुङ्ग शान आज पाँच तारिख राष्ट्रिय जनकांग्रेसको वार्षिक नियमित सम्मेलनको"मन्त्री च्यानल"मा चिनियाँ तथा विदेशी पत्रकारसँगको अन्तर्वार्तामा सहभागी हुनुहुभयो। उहाँले चिनियाँ गुणस्तर र चिनियाँ ब्रान्डको विदेशी व्यापारको नयाँ छवि सिर्जना गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँका अनुसार सन्2017मा चीनको विदेशी व्यापारको विकास स्थिर बन्दै प्रगति उन्मुख देखिएको अवस्था छ भने मुख्य गरी तीन क्षेत्रबाट अभिव्यक्त भएको छ। एक भनेको विदेशी व्यापारको वृद्धि दर तीव्र बन्दै गएको छ। गत वर्ष चीनको कूल आयात-निर्यात मात्राको वृद्धि 14.2 प्रतिशतले बढेको छ। चीन विश्वको पहिलो ठूलो व्यापारिक मुलुक बनेको छ। दुई भनेको वैदेशिक व्यापारको विकासको गुणस्तर उकासिएको देखिन्छ। उच्च प्रविधि,उच्च गुणस्तर,उच्च थप मूल्यसहित वैदेशिक व्यापारिक उत्पादनको अनुपात बढेको छ भने कूल आयात-निर्यात मात्रामा 30 प्रतिशत ओगटेको छ। तीन भनेको विदेशी व्यापारको विकास प्रवर्द्धन शक्ति बलियो बन्दै गएको छ। चीनमा प्राविधिक नवाचार,संस्थागत नवाचार र प्रबन्धन नवाचार सम्बन्धी प्रतिनिधित्व व्यवसाय जन्मेको छ। आफ्नो अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक शक्ति बढ्दै गएको यी व्यवसाय चीनको विदेशी व्यापारको नयाँ प्रवर्द्धन शक्ति बनेको छ।

जानकारी तथा लेखहरु