फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको अन्तरिक्ष केन्द्र कम्बिनेशनको प्राथमिक रुप अध्ययन हुँदै

(GMT+08:00) 2018-03-05 16:44:46

चीनको राष्ट्रिय जनराजनीतिक परामर्शदात्री सम्मेलनका सदस्य एवम् चीनको मानववाहक एरोस्पेस परियोजनाका वरिष्ठ डिजाइनर चौ च्येन फिङले चिनियाँ वैज्ञानिक अध्ययन टोलीले स्पेस स्टेशन कम्बिनेशनको प्राथमिक रुपको अध्ययन गर्न थालिसकेको र एउटा केन्द्र क्याविन तथा दुई प्रयोगशाला क्याविनबाट गठित हुने जानकारी दिनुभएको छ।

चार तारिख पत्रकारसँग कुराकानी गर्दा चौ च्येन फिङले उक्त कुरा बताउनुभएको हो। उहाँले यसै वर्ष चिनियाँ अध्ययन टोलीले स्पेस स्टेशन परियोजनाको अध्ययनमा सम्पूर्ण रूपमा संलग्न गरी हरेक क्याविन बीस टनभन्दा बढी भार भएका तीन वटा क्याविन गठित स्पेस स्टेशनको निर्माण गर्ने भन्दै यसले गुरुत्वाकर्षण विज्ञान, आधारभूत भौतिक, पृथ्वी विज्ञान, खगोल विज्ञान लगायत धेरै स्पेस विज्ञान अध्ययन गर्नसक्ने जानकारी दिनुभयो।

चौ च्येन फिङका अनुसार, सन् 2020 वरिपरि स्पेस स्टेशनको परिक्षण केन्द्र क्याविनको प्रक्षेपण गर्ने चीनको योजना छ र स्पेस स्टेशनको मुख्य प्रविधिको प्रमाणिकरण गर्ने त्यसको लक्ष्य रहेको छ। प्रमाण कार्य पूरा भएपछि अरु दुई वटा परिक्षण क्याविनलाई प्रक्षेपण गरी स्पेस स्टेशनसँग जोडिदिनेछ। त्यसपछि स्पेस स्टेशन संचालनमा आउने पनि उहाँले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु