फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बहु-पार्टी सहयोग गरी समाजवादी प्रजातान्त्रिक राजनीतिको विकास गर्नुपर्नेमा चिनियाँ राष्ट्राध्यक्ष सीको जोड

(GMT+08:00) 2018-03-05 08:58:39

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले मार्च चार तारिख दिउँसो तेह्रौँ राष्ट्रिय राजनीतिक परामर्शदात्री सम्मेलनको पहिलो अधिवेशनमा सहभागी चीन डेमोक्रेटिक लीग, पब्लिक इन्ट्रेस्ट पार्टी, स्वतन्त्रता मण्डल, विदेशी चिनियाँ संघका सदस्य लगायतसँग भेटघाट गर्दै संयुक्त बैठकमा भाग लिनुभयो।

सीले चीन विशेषतायुक्त समाजवादी नयाँ युगमा प्रवेश भएबाट चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको बहु-पार्टी सहयोग र राजनीतिक परामर्शदात्री प्रणाली सुदृढ पारेर विकास गर्ने, बहु-पार्टी सहयोगको विशेष श्रेष्ठताको विकास, समाजवादी प्रजातान्त्रिक राजनीतिको विकास, त्यसैगरी सम्पन्न समाजको निर्माण गर्न एकतावद्ध प्रयास गर्न माग भएको कुरामा जोड दिनुभयो।

साथै उहाँले चीनका विभिन्न प्रजातान्त्रिक पार्टी र स्वतन्त्रताले चारआत्मविश्वासको विचार बढाएर राजनीतिक दृढतालाई सबल पारी सम्पन्न समाज र नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादको निर्माण गर्न अझ बढी योगदान गर्नुपर्ने दोहोर्‍याउनुभयो।

जानकारी तथा लेखहरु