फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले गरिबी निवारणको इतिहासमा सबैभन्दा असल उपलब्धि हासिल गरेको छ: चीनको गरिबी निवारण कार्यालयका अधिकारी

(GMT+08:00) 2018-03-07 18:30:25

चीनको राज्य परिषद मातहत गरिबी निवारण विकास नेतृत्व टोलीका उप-प्रमुख एवम कार्यालयका प्रमुख लिउ युङ फुले पाँच वर्षयता चीनले छ करोड 85 लाख 30 हजार जनालाई गरिबीबाट मुक्त गराएर चीनको गरिबी निवारण इतिहासको सबैभन्दा असल उपलब्धि हासिल गरेको व्यक्त गर्नुभएको छ।

आज पैचिङमा आयोजित राष्ट्रिय जन कांग्रेसको अधिवेशनको पत्रकार सम्मेलनमा प्रमुख लिउ युङ फुले उक्त कुरा बताउनुभएको हो। लिउ युङ फुले जानकारी दिएअनुसार, सन् 2012को अन्त चीनको गरिबी संख्या नौ करोड नब्बे लाख थियो भने सन् 2017को अन्तसम्म उक्त संख्या तीन करोड मात्रै बाँकी छ। साथै गत शताब्दीको अन्तिम दश वर्ष र यसै शताब्दीको पहिलो दश वर्षको तुलनामा औसत प्रति वर्ष गरिबी निवारणको सं‍ख्या लगभग सय प्रतिशत बढेको छ।

उहाँले चीनले गरिबी निवारण कार्यलाई बढाएर गरिबी क्षेत्रको पूर्वाधार प्रबन्ध र सार्वजनिक सेवाको स्पष्ट रुपमा सुधार गरेको जानकारी दिनुभयो। साथै गरिबी क्षेत्रको विशेषतायुक्त उद्योग विकास भएको र पर्यावरणको अवस्थामा पनि सुधार भएको उहाँले उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु