फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका लागि चिनियाँ राजदूत यु होङद्वारा नवनियुक्त महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीसँग भेट-वार्ता

(GMT+08:00) 2018-03-07 18:32:31

नेपालका लागि चिनियाँ राजदूत यु होंङले नेपालको राजधानी काठमाण्डौंमा नेपालका नवनियुक्त महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थाम माया थापासँग भेट-वार्ता गर्नुभएको छ।

नेपालमा चुनाव सम्पन्न भएपछि नयाँ सरकारको गठन भएको हो। सो बारे राजदूत युले मन्त्री थापालाई हार्दिक बधाई ज्ञापन गर्नुभयो। उहाँले चीनका महिला सम्बन्धी नीति, चीन र नेपालका महिला क्षेत्रको आदान-प्रदान तथा नेपालमा चीनद्वारा गरिएको महिला र बालबालिका स्वास्थ्य सम्बन्धी कार्यक्रमबारे जानकारी दिनुभयो। राजदूत युले नेपालका नयाँ सरकारसँग-सँगै प्रयास गर्दै दुवै मुलुकबीचको सहयोगलाई अझ अघि बढाउने आशा व्यक्त गर्नुभयो।

मन्त्री थापाले चीनको सामाजिक तथा आर्थिक विकासमा हासिल उपलब्धिहरुको उच्च मूल्यांकन गर्नुभयो। उहाँले नेपालको महिला तथा बालबालिका मामिलाको अवस्थाबारे जानकारी दिनुभयो। उहाँले नेपालका नयाँ सरकारले दुवै मुलुकबीचको सहयोगलाई सुदृढ पार्ने आशा पनि व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु