फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको बहु-पार्टी सहयोग प्रणाली विश्वका लागि उदाहरणीय भएको सीको भनाइ

(GMT+08:00) 2018-03-07 18:32:54

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन, तेह्रौं राष्ट्रिय समितिको पहिलो अधिवेशन पैचिङमा आयोजित भयो। चीनको लोकतान्त्रिक पार्टीका केन्द्रिय नेताहरुले चीनको बहु-पार्टी सहयोग प्रणालीको सिर्जना र विकासले विश्वको पार्टी राजनीतिको विकासका लागि मस्यौदा र चीनको बौद्धिकता प्रस्तुत गरेको बताए। चिनियाँ कम्युनिष्ट पार्टीद्वारा नेतृत्व गरिएको बहु-पार्टी सहयोग र राजनैतिक परामर्श प्रणाली चीनको आधारभूत राजनीतिक प्रणाली हो।

६ तारिख आयोजित लोकतान्त्रिक पार्टी केन्द्रिय तथा अखिल चीन उद्योग तथा वाणिज्य संघका नेताको पत्रकार सम्मेलनमा चीनको प्रजातान्त्रिक राष्ट्रिय निर्माण संघका केन्द्रीय अध्यक्ष हाउ मिङ चिङले चीनको बहु-पार्टी सहयोग चीनको निर्माण र चीनको सिर्जना भएको बताउनुभयो।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले चार तारिख चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन, तेह्रौं राष्ट्रिय समितिको पहिलो अधिवेशनमा चीनको प्रजातान्त्रिक लिग, चीन च् कोङ्ग पार्टी, स्वतन्त्र समूह लगायत बैठकहरूमा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व पछ्याउनु लोकतान्त्रिक प्रणाली झन् व्यापक र प्रभावकारी हुनु भएको बताउनुभयो।

जानकारी तथा लेखहरु