फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मात्रृभूमिलाई योगदान गर्दै आफ्नो कल्पनालाई साकार तुल्याऊ

(GMT+08:00) 2018-03-08 10:58:37

चीनको राजनैतिक क्षेत्रको सबैभन्दा महत्वपूर्ण अवसर र घटना अर्थात् दुईटा अधिवेशन पैचिङमा भैरहेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले सात तारिख बिहान तेह्रौँ राष्ट्रिय जन काँग्रेसको पहिलो अधिवेशनमा क्वाङ तुङ प्रान्तीय प्रतिनिधिमण्डलको छलफल बैठकमा भाग लिनुभएको छ। क्वाङ तुङ प्रान्तले चीनको आर्थिक तथा सामाजिक विकास क्रममा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।

छलफल बैठकमा २ जना प्रतिनिधिहरूको सम्बोधनले सीको ध्यान तानेको छ। युआन युयुले १० वर्षअघि अमेरिकाबाट फर्केर क्वाङ तुङमा कम्पनी खोलेका थिए र उनी विदेशबाट फर्केका दक्ष व्यक्तिहरूको एक प्रतिनिधि पात्र हुन्। सीले भन्नुभएको छः 'तपाईँहरू फर्केर यहाँ राम्रोसँग विकास भइरहेको देख्दा मलाई खुशी लागेको छ।' र अर्को व्यक्ति मि स्येमै हुन्। २० वर्षअघि आफ्नो गाँउघरबाट क्वाङ तुङ प्रान्तमा काम गर्न गएका उनी अन्यत्रबाट क्वाङ तुङमा काम गर्न गएका हजारौं मानिसका एक प्रतिनिधि हुन्। यस बारेमा चर्चा गर्दै सीले उनको नाम जुन हिउँदमा फुल्ने एक किसिमको फूल जस्तै कठिनाइको बावजुद फुलेको सफल अनुभव भएको उल्लेख गर्नुभएको छ। उनीहरू क्वाङ तुङ प्रान्तमा अन्यत्रबाट सरेका जनसंख्याको सानो रूप हो। छलफलमा सीले नयाँ युगमा दक्ष व्यक्तिबारे प्रकाश पार्नुभएको छः

१. विकास प्राथमिकता हो, दक्ष व्यक्ति प्रथम श्रोत हो र नविकरण नै प्रथम शक्ति हो।

२. बलियो बन्नको लागि नविकरणमा भर पर्नुपर्छ र नविकरण गर्नका लागि दक्ष व्यक्तिको भर पर्नुपर्छ।

३. दक्ष व्यक्ति सम्बन्धित नीति र नविकरण अवस्था २ वटै काम सुधारको अर्को बिन्दु हो।

४. राम्रो वातावरण र दक्ष व्यक्ति भएको चीन अझ आकर्षित र बलियो बन्दै जाने छ।

५. देश र विदेशबाट फर्केका सबै दक्ष व्यक्तिलाई महत्व दिँदै उनीहरूलाई मात्रृभूमिको विकास तथा योगदानमा अग्रसर गराउनुका साथै आफ्नो कल्पनालाई पनि साकार तुल्याउने वातावरण मिलाउनुपर्छ।

६. नीति तर्जुमा गर्दा संरक्षण तथा समर्थन पाउनुपर्नेमध्येका सबैभन्दा जरूरीमा परेका क्षेत्रलाई राम्रोसँग हेर्नुपर्छ।

७. जुन क्षेत्रमा जनतालाई खुशी, सुख मिल्दैन र सन्तोष लाग्दैन त्यहीं क्षेत्रमा अझ बढी ध्यान दिनुपर्छ।

जानकारी तथा लेखहरु