फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संविधान संशोधनको मसौदाबारे राष्ट्रिय जनकाङ्ग्रेसका प्रतिनिधिहरुबीच छलफल

(GMT+08:00) 2018-03-08 17:40:49

 तेह्रौं राष्ट्रिय जनकांग्रेसको पहिलो अधिवेशनमा सहभागी हुनुभएका राष्ट्रिय जनकाङ्ग्रेसका प्रतिनिधिहरुले सात तारिख संविधान संशोधनको मसौदाबारे छलफल गरेका छन्। चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनमा तोकिएको महत्वपूर्ण सिद्धान्त तथा नीतिहरुलाई संविधान संशोधनमार्फत राष्ट्रिय मौलिक कानूनमा राख्नु नै चिनियाँ कम्युनिष्ट पार्टी र राष्ट्रिय मामिला विकास, नयाँ उपलब्धि, नयाँ अनुभव तथा नयाँ माग भएको प्रतिनिधिहरुले बताएका छन्।

राष्ट्रिय जनकाङ्ग्रेसका प्रतिनिधि एवम् कान सु प्रान्तको चाङ ये शहरको सु नान यु कु जातीय स्वायत्त जिल्लाको शाङ चिङ गाउँको महिला संघका अध्यक्ष याङ हाइ रोङले यस पटकको संविधान संशोधनबाट जनताको अझ राम्रो जीवनस्तर विकास गर्नका लागि झन् शक्तिशाली कानूनी प्रत्याभूति प्रस्तुत गरिएको बताउनुभयो।

राष्ट्रिय जनकाङ्ग्रेसका प्रतिनिधि एवम् हङ्कङ् विशेष प्रशासनिक क्षेत्र विधान परिषदका सदस्य मा फङ कोले चिनियाँ कम्युनिष्ट पार्टी र जनताले अभ्यासको क्रममा हासिल गरेका महत्वपूर्ण सिर्जना, नवाचार अभ्यास तथा प्रणाली सिर्जना आदि नयाँ उपलब्धिहरु संविधानमा राख्नु धेरै महत्वपूर्ण र समयको आवश्यकता भएको बताउँदै हङकङको "एक देश दुइ व्यवस्था"को कार्यान्वयनका लागि धेरै हितकारी रहेको औंल्याउनुभयो।

राष्ट्रिय जनकाङ्ग्रेसका प्रतिनिधि एवम् चिनियाँ कम्युनिष्ट पार्टीको कान सु प्रान्तीय समितिको पार्टी स्कूलका उप प्रिन्सिपल फाङ फङले सुधारका चालिस वर्ष चीनका लागि सबैभन्दा महत्वपूर्ण कुरा भएको बताउँदै चिनियाँ विशेषतायुक्त समाजवादलाई कायम राख्नु मुख्य विषय भएको विचार प्रकट गर्नुभयो। उहाँले त्यसैले सुधार नै संविधानमा राख्नु धेरै महत्वपूर्ण कुरा हो, भन्नुभयो।

जानकारी तथा लेखहरु