फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम केन्द्रिय सैन्य आयोग सी चिन फिङ लगायत नेताहरु तेह्रौं राष्ट्रिय जन कांग्रेसको पहिलो अधिवेशनको केही प्रतिनिधि मण्डलको छलफलमा छुट्टा-छुट्टै रुपमा सहभागी

(GMT+08:00) 2018-03-08 17:41:37

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिन फिङ सात तारिख क्वाङतोङ प्रतिनिधि मण्डलमा छलफल सहभागी हुनुभएको छ। सम्मेलनमा क्वाङतोङ प्रतिनिधि मण्डलका आठ जना प्रतिनिधिहरुले सम्बोधन गरेका थिए। सोबारे सीले विकास प्रथम अभिभारा र प्रतिभावान् व्यक्ति प्रथम ऊर्जा श्रोत तथा सिर्जना नै प्रथम शक्ति भएको बताउनुभयो। अन्तिमको महत्वपूर्ण सम्बोधनमा उहाँले संविधान संशोधनको मसौदालाई पूर्ण स्वीकार गर्नुका साथै हालैको संविधानमा केही भाग संशोधन गर्न कम्युनिष्ट पार्टीले नयाँ अवधिमा चिनियाँ विशेषतायुक्त समाजवादलाई अझ विकास गर्नका लागि दिएको महत्वपूर्ण निर्णय भएको पनि बताउनुभयो। उहाँले चीनको सुधार र खुलापन, अत्याधुनिक निर्माणमा क्वाङतोङले धेरै महत्वपूर्ण भूमिका र स्थिति देखाएको औंल्याउनुभयो।

राजनैतिक व्यूरोको स्थायी समितिका सदस्य, प्रधानमन्त्री ली ख छ‍याङ, राजनैतिक व्यूरोको स्थायी समितिका सदस्य ली चान शु, राजनैतिक व्यूरोको स्थायी समितिका सदस्य, उप प्रधानमन्त्री वाङ याङ, राजनैतिक व्यूरोको स्थायी समितिका सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी सचिवालयका सचिव वाङ हु निङ, राजनैतिक व्यूरोको स्थायी समितिका सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय अनुशासन निरीक्षण समितिका सचिव चाउ ल ची, राजनैतिक व्यूरोको स्थायी समितिका सदस्य हान चङ पनि केही प्रतिनिधि मण्डलको छलफलमा छुट्टा-छुट्टै रुपमा सहभागी हुनुभयो।

जानकारी तथा लेखहरु