फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषद सम्मेलनमा तिब्बतको शाखा सम्मेलन

(GMT+08:00) 2018-03-08 17:42:05

संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदको 37‌‌औँ सम्मेलन जेनेभामा आयोजना हुँदैछ। सो अवसरमा सात तारिख चीनको मानवअधिकार अनुसन्धान संघले जेनेभाको राष्ट्रदरबारमा तिब्बती सँस्कृतिको संरक्षण र विकास विषयक शाखा सम्मेलनको आयोजना गरी परम्परागत सँस्कृतिको संरक्षण र विकास गर्न तिब्बतले गरेको प्रयास र हासिल गरेको उपलब्धिबारे जानकारी दिएको छ।

चीनको तिब्बत शास्त्र अनुसन्धान केन्द्रका महाप्रबन्धक चङ त्वीले सारा तिब्बती स्कूलमा चिनियाँ भाषा र तिब्बती भाषामार्फत शिक्षा लिइएको र त्यस क्रममा तिब्बती भाषाको उत्तराधिकारको व्यापक प्रयोग गर्न पाएको व्यक्त गर्नुभयो। चीनको केन्द्र सरकार र तिब्बत सरकारले तिब्बती ओपेरा, गेसार, परम्परागत नाचगान, हस्तकला आदि महत्वपूर्ण अमूर्त साँस्कृतिक सम्पदाको पूर्ण संरक्षण गर्नुका साथै प्राचीन किताबको संकलन, प्रकाशन, अध्ययन आदि कार्यलाई बढाइरहेको पनि उहाँले जानकारी दिनुभयो। धार्मिक स्वतन्त्रताबारे चर्चा गर्दै उहाँले बीसौँ शताब्दीको असीऔँ दशकयता चीनले हरेक वर्ष विशेष रकम लगानी गरी गुम्बाको निर्माण र संरक्षण गरिरहेको र हाल तिब्बतका भिक्षु-भिक्षुणीहरुको आधारभूत जीवन शुल्क सरकारले प्रदान गरिरहेको जानकारी दिनुभयो।

थाहा भएअनुसार, विभिन्न मुलुक, अन्तर्राष्ट्रिय संगठन र गैर-सरकारी संगठनका साठ्ठीभन्दा बढी प्रतिनिधि, विद्वान र पत्रकारहरु सो शाखा सम्मेलनमा सहभागी भएका छन‌।

जानकारी तथा लेखहरु