फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका परराष्ट्र मन्त्रीबाट नयाँ युगमा चीनको विशेषतायुक्त ठूल देश कूटनीतिबारे व्याख्या

(GMT+08:00) 2018-03-08 17:42:38

तेह्रौं राष्ट्रिय जनकांग्रेसको पहिलो अधिवेशनको पत्रकार सम्मेलन विहान पैचिङमा आयोजित भयो।

सन् 2018 चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनको भावनालाई पूर्ण कार्यन्वयनको पहिलो वर्ष हो।

पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री वाङ यीले नयाँ युगमा चीनको विशेषतायुक्त ठूलो देशको कूटनीतिक लक्ष्यबारे जानकारी दिनुभयो। उहाँले गत वर्षको अक्टोवरमा महासचिव सी चिनफिङले 19औं महाधिवेशनकोको प्रतिवेदनमा विभिन्न मुलुक सँग-सँगै नयाँ किसिमको अन्तर्राष्ट्रिय सम्बन्ध निर्माण, मानव भाग्य समुदायको संयुक्त रुपमा निर्माण नै यस नयाँ अवधिमा चीनको विशेषतायुक्त ठूलो देशको कूटनीतिक लक्ष्य भएको जानकारी दिनुभयो। उहाँले केही वर्षदेखि चीनको विश्व प्रभावशक्ति झन् झन् बढ्दै जाँदा नयाँ चरणको "चीनमाथिको खतरा" देखिएको बताउनुभयो। उहाँले चीन विश्व आर्थिक वृद्धिको मुख्य योगदानकर्ता भएकमो बताउँदै विश्वको गरिबी निवारणमा मुख्य योगदानकर्ता मुलुक भएको बताउँदै विश्व शान्तिको सुरक्षामा पनि चीनको मुख्य योगदान रहेको बताउनुभयो। उहाँले विगत पाँच वर्षमा चीनले प्रस्तुत गरेको "एक पेटी एक मार्ग"को संयुक्त रुपमा निर्माण गरेको जानकारी गराउँदै सोबाट खतरा नभै मौका रहेकोमा जोड दिनुभयो।

"एक पेटी एक मार्ग" सहयोग प्रस्तावको भविष्यबारे मन्त्री वाङले हालसम्म असी भन्दा बढी मुलुक र अन्तर्राष्ट्रिय संगठनले चीनसँग "एक पेटी एक मार्ग" सहयोग प्रस्तावलाई संयुक्त निर्माण गर्ने सम्झौतामा हस्ताक्षर गरेको बताउनुभयो। उहाँले "साझा छलफल, साझा निर्माण र साझा शेयरिङ" "एक पेटी एक मार्ग" सहयोग प्रस्तावको सिद्धान्त हो र सोबाट "एक पेटी एक मार्ग" सहयोग प्रस्ताव सम्मानजनक, खुलापन र साझा हितयुक्त रहेको जानकारी दिनुभयो।

कोरियाली प्रायद्वीपको परिस्थितिबारे परराष्ट्र मन्त्री वाङले तथ्य अनुसार, चीनले प्रस्तुत गरेको प्रस्तावबाट कोरियाली प्रायद्वीपका दक्षिण र उत्तर पक्षले सम्बन्ध सुधारका लागि आधारभूत सर्त प्रस्तुत गरेको बताउनुभयो।

उहाँले विश्वमा सबैभन्दा ठूलो विकासोन्मुख मुलुक र सबैभन्दा ठूलो विकसित मुलुक चीन र अमेरिकाबीचको सहयोग विश्वका लागि हितकारी हुनेछ भन्नुभयो। उहाँले चीन र अमेरिकाबीचको प्रतिष्पर्धा सकारात्मक रहेकाले यसमा प्रतिद्वन्दीता नभएर साझेदारी हुनु आवश्यक छ भन्नुभयो।

जानकारी तथा लेखहरु