फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ ठेकेदारलाई फेरि एक वर्ष थप

(GMT+08:00) 2018-03-09 17:53:07

भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समय एक वर्ष थपिने भएको छ। यसअघि पनि ६ महिना समय थपिएको राष्ट्रिय गौरवको आयोजनामा ठेकेदार कम्पनीले विभिन्न बहाना देखाउँदै बिलम्ब गरेका कारण पुनः म्याद थपिएको हो।

हालसम्म आयोजनाको काम ३० प्रतिशतमात्र सम्पन्न भएको छ। जुन महिनासम्म ९० प्रतिशत काम सम्पन्न हुनुपर्नेमा मुश्किलले ३५ प्रतिशत पनि नपुग्ने देखिएपछि एक वर्ष समय थप्ने तयारी गरिएको छ । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रूपमा हेरिएको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभियसनले समयमा काम सम्पन्न गर्न नसकेपछि थप एक वर्षको समय दिने तयारी गरिएको हो। नागरिक उड्डयन प्राधिकरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र आयोजनको लागि ऋण सहयोग गरेको एसियाली बिकास बैंक (एडीबी)बीचको छलफलपछि एक वर्ष समय दिने तयारी गरिएको कारोबार अनलाइनले जनाएको छ।

अहिले ठेक्का तोडेर नयाँ कम्पनीलाई दिँदा समय झनै लम्बिने भएकोले सर्तहरू राखेर एक वर्ष समय दिनुको विकल्प नभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका योजना महाशाखाका प्रमुख डुन्डुराज घिमिरेले बताउनुभयो।

वृहत्तर लुम्बिनी विकास गुरुयोजनाका निर्देशकसमेत रहेका घिमिरे अहिले चिनियाँ कम्पनीले राम्रो काम गरिरहेको दावी गर्दछन् ।

एडीबीले काम सन्तोषजनक नभएको भन्दै ऋण सहयोग रोक्ने चेतावनी सरकारलाई दिँदै आएको छ। दाता भएकोले उनीहरूले काम छिटो होस् भन्नु राम्रो पक्ष भएपनि एडीबीका अधिकारीहरू अहिले भने सन्तुष्ट रहेको घिमिरेले दावी गर्नुभयो। एडीबीले दुई महिनाअघि आयोजना निर्माणबाट बाहिरिहने आसयसहितको पत्र नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाएको थियो । चिनियाँ ठेकदार कम्पनीले विभिन्न बहाना बनाउँदै आयोजना निर्माणमा ढिलाइ गरिरहेको आरोप एडीबीको थियो ।

सन् २०१७ को अन्त्यसम्म निर्माण सम्पन्न हुनेगरी विमानस्थलको काम सुरु भएको थियो। समयमै निर्माण हुन नसक्ने देखेपछि सरकारले सन् २०१८ मा सक्ने नयाँ लक्ष्य निर्धारण गरेको थियो। एडीबीको ऋण सहयोगमा निर्माण सुरु गरिएको राष्ट्रिय गौरवको आयोजना निर्माणको लागि ८ अर्ब ५५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरेको छ भने काम सुरु भएको २ वर्षसम्म ३० प्रतिशत मात्रै काम सम्पन्न भएको छ। जबकी यो समयमा ९० प्रतिशत काम सम्पन्न गर्नुपर्ने ठेक्का सम्झौता भएको थियो। अहिले चिनियाँ ठेकदारले कामदार बढाएर कामको गति बढाएको समेत श्रेष्ठले बताउनुभयो।

भैरहवा विमानस्थलले काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने अन्तर्राष्ट्रिय उडानका जहाज अवतरणको वैकल्पिक व्यवस्थाका रूपमा प्रयोग गर्न सकिने गरी निर्माण गरिएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई चाप हुँदा घन्टौंसम्म जहाज आकाशमै होल्ड हुनुपर्ने बाध्यता छ।

जानकारी तथा लेखहरु