फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय केमिकल वैज्ञानिक सम्मेलन आजदेखि सौराहामा

(GMT+08:00) 2018-03-09 17:54:19

अन्तर्राष्ट्रिय केमिकल वैज्ञानिक सम्मेलन आजदेखि सौराहामा शुरु भएको छ। सम्मेलनमा २० देशका १०० जना वैज्ञानिक सहभागी हुनेछन्। नेपाल केमिकल सोसाइटी र वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरको संयुक्त आयोजनामा सम्मेलन गरिएको हो। अन्तर्राष्ट्रियस्तरमा र नेपालमा भएका खोज अनुसन्धान एवं उपलब्धि एवं ज्ञान साटासाट गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष अमरप्रसाद यादवले जानकारी दिनुभयो।

अध्यक्ष यादवले अन्तर्राष्ट्रियस्तरको अनुपातमा नेपालमा भएका अनुसन्धान कुन उचाइमा छ भन्ने विषयमा समेत छलफल हुने बताउनुभयो। 'केमेष्ट्री फर सष्टेनेवल डेभलपमेन्ट' मूलनारा दिइएको सम्मेलन तीन दिनसम्म चल्नेछ। आयोजकका अनुसार सम्मेलनमा २० देशका १०० जना वैज्ञानिक र स्वदेशका १०० जना गरी २०० जना वैज्ञानिकको सहभागिता रहने गोरखापत्र अनलाइनले जनाएको छ।

संसारमा विज्ञान तथा प्रविधिले नै देश विकास, मानिसको जीवनशैली र कार्यक्षमतामा आमूल परिवर्तन ल्याएको भन्दै केन्द्रीय रसायन विभागका प्रमुख प्रा डा केदारनाथ घिमिरेले नेपालमा भएका स्रोत, साधनलाई परिचालन गर्नसके देशको आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने बताउनुभयो।

सम्मेलनमा स्वदेश र विदेशका वैज्ञानिकबाट १७० वटा कार्यपत्र प्रस्तुत हुनेछन् भने वैज्ञानिकसहित ५० जनाभन्दा बढी रसायन शास्त्रका विद्यार्थीको समेत सहभागिता हुने बताइएको छ।

जानकारी तथा लेखहरु