फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको रक्षा खर्च 8.1 प्रतिशतले बढाइनु उच्च नभएको सैन्य विज्ञान प्रतिष्ठानका उपाध्यक्षको भनाइ

(GMT+08:00) 2018-03-09 18:03:26

पाँच तारिख चीनको अर्थ मन्त्रालयले "सन् 2017मा केन्द्रिय तथा क्षेत्रीय बजेट कार्यान्वयनको अवस्था तथा सन् 2018 केन्द्रिय तथा क्षेत्रीय बजेट मसौदाको प्रतिवेदन"मा सन् 2018 चीनको रक्षा खर्च 8.1 प्रतिशतले वृद्धि गरी १ खर्ब ६० अर्ब ९५ करोड १० लाख चिनियाँ युआन पुगेको जनाएको छ।

आठ तारिख राष्ट्रिय जनकाङ्ग्रेसका प्रतिनिधि एवम् सैन्य विज्ञान प्रतिष्ठानका उपाध्यक्ष ह लैले चीन सरकारले रक्षा खर्चको परिमाण सँधै नै नियन्त्र गर्ने, रक्षा र आर्थिक निर्माणमा मध्यम विकास गर्दै जाने बताउनुभयो।

उहाँले एक मुलुकको रक्षा खर्च हेर्नुभन्दा सापेक्षित अनुपात हेर्नु आवश्यक भएको बताउनुभयो। चीनको रक्षा खर्च चीनको राष्ट्रिय गार्हस्थ उत्पादनको कूल रकममा ओगटेको रकम, प्रति चिनियाँ सैनिकको रक्षा खर्च, प्रति चिनियाँ सर्वसाधारणको रक्षा रकम अरु मुलुकको तुलनामा कम रहेको दावी गर्नुभयो।

चीनले जतिसुकै विकास गरेपनि कुनै प्रभुत्व नजमाउने र चीनको रक्षा खर्च जतिसुकै वृद्धि भएपनि अरू कुनै मुलुकसँग सैन्य प्रतिष्पर्धा नगर्ने उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु