फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सर्वोच्च जनन्यायालय र चिनियाँ सर्वोच्च जनअनुसन्धनालयका महान्यायाधिवक्ताको कार्य-प्रतिवेदन

(GMT+08:00) 2018-03-09 18:21:15

मार्च नौ तारिख चीनको सर्वोच्च जनन्यायालयका अध्यक्ष चौ छ्याङ र चिनियाँ सर्वोच्च जनअनुसन्धनालयका महान्यायाधिवक्ता छाउ च्येन मिङले तेह्रौँ राष्ट्रिय जन काँग्रेसको पहिलो अधिवेशनसमक्ष बेग्ला बेग्लै गरी कार्य-प्रतिवेदन गर्नुभएको छ।

उहाँहरुले चिनियाँ विशेषतायुक्त समाजवादी नयाँ युगमा प्रवेश भएको भन्दै जन न्यायालय र जनअनुसन्धनालयले नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवाद सम्बन्धी सी चिनफिङको विचारको नेतृत्वमा रहेर संविधान र कानूनबाट दिएको कर्तव्यको व्यवहारिक रुपमा पालना गरी जनताको सुख र सुरक्षा अनुभवलाई बढाइरहने दोहोर्‍याउनुभयो।

सो अवसरमा सर्वोच्च जनन्यायालयका अध्यक्ष चौ छ्याङले गत पाँच वर्षभित्रको कार्यको सारांश गर्नुका साथै ऐनबमोजिम अपराधीमाथि सजाय, राष्ट्रिय सुरक्षा तथा समाजको स्थीरताको संरक्षण लगायत सात वटा कार्य प्रस्ताव प्रस्तुत गर्नुभयो। सर्वोच्च जनअनुसन्धनालयका महान्यायाधिवक्ता छाउ च्येन मिङले आर्थिक तथा सामाजिक दीगो विकास गर्न कानूनी प्रणाली संरक्षणलगायत छ वटा कार्य प्रस्ताव प्रस्तुत गर्नुभयो।

जानकारी तथा लेखहरु