फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका रक्षामन्त्री र अमेरिकी राजदूतबीच भेटवार्ता

(GMT+08:00) 2018-03-10 13:58:39

रक्षामन्त्री ईश्वर पोखरेलले नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत एलाइना बी टेपलिजसँग शुक्रबार अपराह्न रक्षा मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिकाबीचको परस्पर सम्बन्ध र सहयोग आगामी दिनमा पनि निरन्तर रहने अपेक्षा व्यक्त गर्नुभएको छ।

मन्त्री पोखरेलले नेपालको बृहत्तर विकासका लागि अमेरिकाको निरन्तर सहयोग अपेक्षित रहेको बताउँदै सरकारले मित्रराष्ट्र अमेरिकासँग आपसी सहयोग र सम्बन्ध थप विकास र बिस्तार गर्न चाहेको स्पष्ट गर्नुभयो।

राजदूत टेपलिजले नेपालको राजनीतिक परिवर्तनको स्वागत गर्दै नेपालको शान्ति प्रक्रिया विश्वमा नै अनुकरणीय भएको र वर्तमान सरकारले आफ्नो कार्यकाल पूरा गरेर नेपालको राजनीति स्थिर हुनेमा आफू आशावादी रहेको उल्लेख गर्नुभयो।

उहाँले नेपाली सेनाले विभिन्न किसिमका प्राकृतिक प्रकोपबाट पीडितको उद्धार गर्ने र संयुक्त राष्ट्रसंघ मातहत रहेर शान्ति कायम राख्ने कुरामा पुर्याएको योगदानको सराहना गर्नुभयो।

नेपाल–अमेरिकाबीच परस्पर सैनिक तालीमका माध्यमबाट दुवै देशको सैनिकको क्षमता अभिवृद्धि भएको बताउँदै नेपालमा बाँध, जलविद्युत् र अन्य इञ्जिनीयरिङ क्षेत्रमा प्राविधिक सहयोग प्रदान गरी क्षमता अभिवृद्धि गराइने उहाँले वचन दिनुभएको गोरखापत्रअनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु