फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

निजी वायुसेवा कम्पनी बुद्ध एयरद्वारा भैरहवा–पोखरा उडान संख्या थप

(GMT+08:00) 2018-03-11 13:45:28

निजी वायुसेवा कम्पनी बुद्ध एयरले भैरहवा–पोखरा हवाई रुटमा उडान संख्या बढाएको छ। यो रुटमा दैनिक एक उडान गर्दै आएकोमा बिहीबारदेखि दैनिक २ उडान सुरु गरेको हो । हवाई मार्गमार्फत बुद्ध जन्मस्थल लुम्बिनी र पर्यटकीय सहर पोखरालाई जोड्ने उद्देश्यसहित भदौ ३० गतेबाट सिद्धार्थनगर र पोखराबीच सीधा दैनिक एक हवाई उडान सुरु गर्दै आएकोमा यात्रुको चाप बढदै गए पछि दैनिक २ उडान सुरु गरेको बुद्ध एयरका वरिष्ठ प्रबन्धक तथा सिद्धार्थनगर(भैरहवा) स्टेसनका प्रमुख दर्शन घिमिरेले बताउनुभयो।

बुद्ध एयरले चितवन–पोखरा सेक्टरमा समेत दैनिक २ उडान गर्दै आएको छ। भैरहवा चितवन दुवै सेक्टरमा भदौ ३० बाट एकै साथ उडान सुरु भएको थियो।

यो सेक्टरमा दैनिक एक उडान नियमित भइरहेको थियो । थप उडानपछि यस क्षेत्रका सर्वसाधारण पोखरा, मुक्तिनाथ जान चाहने नेपाली भारतीय र विदेशी पर्यटक तथा पोखरा घुम्न आएका विदेशी तथा स्वदेशी पर्यटकहरूलाई बुद्ध जन्मस्थल लुम्बिनी तथा भैरहवासम्म जान आउन र यहाँबाट पोखरा जान सहज भइरहेको र हवाई यात्रीसमेत बढ्दै गएकाले पर्यटन व्यवसायीको मागअनुसार उडान संख्या थपिएको प्रबन्धक घिमिरेले बताउनुभयो।

विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वारका रूपमा भैरहवाको गौतमबुद्ध विमानस्थल रहेको र नेपाल प्रवेश गर्ने सबैभन्दा ठूलो स्थलमार्ग बेलहीया सिमानाका तथा स्थलमार्ग हुँदै नेपालमा सबैभन्दा बढी तेस्रो मुलुकका पर्यटकसमेत यहाँबाट प्रवेश गर्ने भएकाले भारतीय तथा तेस्रो मुलुकका पर्यटकसँगै स्वदेशी पर्यटकहरूलाई लक्षित गरी यो सेक्टरमा नियमित हवाई उडान सुरु भइरहेको र पर्यटक तथा यात्रीलाई थप मद्दत पुगोस भन्दै उडान संख्या थपिएको बुद्ध एयरले जनाएको छ ।

विशेष गरी स्थलमार्गको यो नाका हुँदै आउने भारतीय पर्यटकहरूको मुख्य गन्तव्य पोखरा र मुक्तिनाथ रहेको पाइएको र यस क्षेत्रका पर्यटन व्यवसायी र संघ–संस्थाहरूले पनि थप उडान भर्न माग गरिरहेकाले यो सेक्टरमा उडान संख्या बढाउने निर्णय भएको हो।

पछिल्लो समय नारायणगढ हुदै सडक मार्गबाट पोखरा पुग्न र पाल्पाको बाटो हुदै जान पनि अप्ठेरो भएकाले सजिलो बिकल्प हवाई मार्ग बन्दै गएको छ। भैरहवा पोखरा १५ मिनेटको हवाई दूरी हो। नेपाली यात्रीका लागि ४३ सय र विदेशीका लागि ९८ अमेरिकी डलर हवाई भाडा छ। कारोबारका अनुसार १८ सिट क्षमताकाबीच एअरक्राफ्टमार्फत बुद्ध एयरले यो रुटमा उडान गर्छ।

जानकारी तथा लेखहरु