फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी लगायत नेताहरु जनकांग्रेस प्रतिनिधि मण्डलका छलफलहरूमा सहभागी

(GMT+08:00) 2018-03-11 16:35:11

मार्च दश तारिख विहान चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिन फिङ, राजनैतिक व्यूरोको स्थायी समितिका सदस्य एवं प्रधानमन्त्री ली ख छ‍याङ, राजनैतिक व्यूरो स्थायी समितिका सदस्यहरू ली चान शु, पार्टी केन्द्रीय अनुशासन निरीक्षण समितिका सचिव चाउ ल ची, लगायत पनि केही प्रतिनिधि मण्डलको छलफलमा छुट्टा-छुट्टै रुपमा सहभागी हुनुभयो।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिन फिङ छोङछिङ प्रतिनिधि मण्डलको छलफलमा सहभागी हुनुभयो। सम्मेलनमा छोङ छिङ प्रतिनिधि मण्डलका आठ जना प्रतिनिधिहरुले सम्वोधन गरेका थिए। सीले महत्वपूर्ण सम्बोधन गर्दै भित्र भूमिको निर्माण, उच्च गुणस्तरको विकास, उच्च गुणस्तरीय जीवनशैली, छोङछिङको विभिन्न कार्यको नयाँ तहमा स्तरोन्ति गर्न त्यहाँका नेता तथा जनताले संयुक्त रुपमा प्रयास दिने आशा व्यक्त गर्नुभयो। उहाँले उत्कृष्ट राजनीतिक पर्यावरण कायम राख्दै केन्द्रिय पार्टीको अधिकार र केन्द्रित नेतृत्वलाई कडा सुरक्षा गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले कानून नियम पालना तथा संविधान कानूनको सँधै नै आदर गर्नुपर्नेमा पनि जोड दिनुभयो।

जानकारी तथा लेखहरु