फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाह्रौँ राष्ट्रिय जन काँग्रेस स्थायी समितिको कार्य-प्रतिवेदन सार्वजनिक

(GMT+08:00) 2018-03-11 18:13:43

तेह्रौँ राष्ट्रिय जन काँग्रेसको पहिलो अधिवेशन पैचिङमा भइरहेको छ। आज एघार तारिख बाह्रौँ राष्ट्रिय जन काँग्रेस स्थायी समितिका अध्यक्ष चाङ द च्याङले बाह्रौँ राष्ट्रिय जन काँग्रेस स्थायी समितिको प्रतिनिधित्वमा अधिवेशनसमक्ष कार्य-प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। प्रतिवेदनले विगत पाँच वर्षमा विधान, निरीक्षण आदि क्षेत्रमा राष्ट्रिय जन काँग्रेस स्थायी समितिको कार्य उपलब्धिबारे समीक्षा गर्नुका साथै अनुभवको संक्षेप गरेको छ।

प्रतिवेदनले जोड दिएको छ, चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व जन काँग्रेस प्रणालीको आवश्यकता र सबैभन्दा ठूलो श्रेष्ठता हो। सी चिन फिङ केन्द्रित चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको एकीकृत नेतृत्व, देशका सबै अधिकार जनतासँग रहेको, चौतर्फी रुपमा कानूनबमोजिम देशको शासन गर्न संविधानको संचालनलाई प्राथमिकतामा राख्ने यी विषयमा अडिग रहेर कानूनबमोजिम विधान अधिकार, निरीक्षण अधिकार, निर्णायक अधिकार, नियुक्ति अधिकारको संचालन गरी दिनदिनै बढ्दो असल जीवनशैली सम्बन्धी जनताको माग अझ राम्रोसँग पूरा गर्नुपर्छ।

जानकारी तथा लेखहरु