फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जनताको हित-अधिकारको संरक्षणमा पर्यावरणीय सभ्यताको निर्माण सम्बन्धी कानुन

(GMT+08:00) 2018-03-12 15:50:56

पर्यावरणीय सभ्यताको निर्माणमा बाह्रौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको स्थायी समितिले जनताको आधारभूत हित-अधिकारको संरक्षणको आधारमा चीनको वास्तविक अवस्थाबाटै जलवायु तथा जल प्रदूषण लगायत समस्याको समाधानमा महत्व दिइरहेको छ। उक्त जानकारी चिनियाँ राष्ट्रिय जन काँग्रेस स्थायी समितिको वातावरण तथा उर्जा-श्रोत संरक्षण समितिका सदस्य ल्यु छाइश्याले तेह्रौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको स्थायी समितिको पहिलो बैठकको अवधिमा मार्च १२ तारिख आयोजित पत्रकार सम्मेलनमा बताउनुभएको हो।

उहाँले जानकारी दिनुभए अनुसार, बाह्रौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको स्थायी समितिको कार्यावधिमा पर्यावरणीय तथा वावतारणीय संरक्षण सम्बन्धी १८ वटा कानुन स्थापित गरिएको छ। यी कानुनले देशको विकास रणनीति तथा जनताको दैनिक जीवनसँग घनिष्ट सम्बन्ध भएका विषयहरूसँग समन्वय गरी प्रदूषण निवारण तथा व्यवस्थित गर्ने राष्ट्रिय प्रणाली खडा गरिएको छ।

तुवाँलो र धुवाको नियन्त्रण तथा निवारण क्षेत्रमा वास्तविक समस्याको समाधान गरिएकाले केही उपलब्धि हासिल गरेतापनि यो कार्य दीर्घकालीन रूपमा गर्नैपर्ने कुरामा पनि ल्युले जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु