फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उच्च मतदानद्वारा चीनको संविधान संशोधन

(GMT+08:00) 2018-03-12 15:52:19

तेह्रौँ राष्ट्रिय जन काँग्रेसको पहिलो अधिवेशनले मार्च एघार तारिख दिउँसो पैचिङमा तेस्रो पूर्ण बैठकको आयोजना गरेको छ। उक्त बैठकले "जन गणतन्त्र चीनको संविधान संशोधन" पारित गरेको छ। संशोधनपछि चनको संविधानमा चौध वर्षपछि नयाँ युगको नयाँ विषय थपिएको छ।

चिनियाँ राष्ट्रिय जन काँग्रेसको स्थायी समितिअन्तर्गत कानुनी कार्य समितिका प्रमुख शन छुन याउले उक्त बैठकपछि आयोजित पत्रकार सम्मेलनमा संविधान संशोधन चीनको राष्ट्रिय राजनीतिक कार्यको एक ठूलो कुरा रहेको बताउनुभयो। उहाँले नयाँ युगको चीनको विशेषतायुक्त समाजवादको पृष्ठभूमिमा चीनको कानुनी निर्माणले प्राप्त गरेको ठूलो उपलब्धि हो भन्ने कुरामा जोड दिनुभयो। संविधान संशोधन पारित भएपछि चिनियाँ कम्युनिष्ट पार्टी र देशको विकासलाई अगाडि बढाउने र प्रत्याभूति गर्ने, चीनको समाजवादको कानूनी शासनको निर्माणलाई अगाडी बढाउने र मजबुद पार्ने कुरा उहाँले स्पष्ट पार्नु भएको छ।

जानकारी तथा लेखहरु