फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र भारतको सम्बन्ध सही मार्गमा अगाडि बढ्ने कुरामा चीन आशावादी

(GMT+08:00) 2018-03-12 16:26:20

चीन र भारतको सम्बन्धमा भारतीय विदेश मन्त्रालयको धारणाबारे चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले मार्च बाह्र तारिख पैचिङमा चीनले भारतसँग मिलेर दुई मुलुकका नेताहरूको महत्वपूर्ण सहमतिलाई दिशा निर्देशन गरी राजनीतिक पारस्परिक विश्वासलाई बढाउने, पारस्परिक हितयुक्त सहयोगलाई अगाडि बढाउने, विवादको नियन्त्रण गर्ने र दुई मुलुकको सम्बन्धलाई सही मार्गमा विकास गर्ने आशा लिएको कुरा बताउनुभएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भारत र चीनको सम्बन्ध दुई मुलुक, क्षेत्र र विश्वका लागि महत्वपूर्ण भएको, भारतले चीनसँग साझा बिन्दुको आधारमा द्विपक्षीय सम्बन्धको विकास गर्ने, पारस्परिक रुपमा सम्मान र आ-आफ्ना हित, अभिरुचिका विषय र इच्छाका लागि संवेदनशीलतालाई कायम राख्ने आधारमा विवादलाई व्यवहार गर्ने आशा लिएको कुरा बताउनुभएको थियो। यसबारे लु खाङले केही दिनअघि चीनका परराष्ट्र मन्त्री वाङ यीले दुईवटा अधिवेशनको पत्रकार सम्मेलनमा चीन र भारतको सम्बन्धबारे पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै चीन र भारतको सम्बन्धमा चीनको आधारभूत अडानबारे ब्याख्या गर्नुभएको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु