फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको संविधान संशोधनमा अन्तर्राष्ट्रिय समाजको ध्यानाकर्षण

(GMT+08:00) 2018-03-12 18:07:00

मार्च ११ तारिख दिउँसो आयोजित तेह्रौँ चिनियाँ राष्ट्रिय जन काँग्रेसको पहिलो अधिवेशनमा जन गणतन्त्र चीनको संविधान संशोधन प्रस्ताव पारित भएको छ। यो विषयमा विश्वका मुख्य संचारमाध्यमको ध्यानाकर्षण भएको छ। विदेशका रहेका विविध क्षेत्रका व्यक्तित्वहरूले पनि यसबारे सकारात्मक मूल्याङ्कन गर्दै संविधान संशोधनले नयाँ युगमा विकासको रक्षा गर्ने महत्वपूर्ण व्यावहारिक अर्थ रहेको औंल्याएका छन्।

संविधान संशोधनबाट सी चिनफिङको नयाँ युग चिनियाँ विशेषतायुक्त समाजबादी विचारलाई संविधानको प्रस्तावनामा राखिएको छ। विदेशमा रहेका विभिन्न क्षेत्रका व्यक्तित्वहरूले देशमा निर्देशिका विचार युगसँगै अघि बढ्दै जानुलाई कार्यान्वयन गरिएको भन्दै नयाँ युगमा चीनको विकास दीर्घकालीन र स्थिर हुने प्रत्याभूति भएको ठहर गरेका छन्।

जोर्डनका अरबेली लेखक तथा पत्रकार, चीन मैत्री अन्तर्राष्ट्रिय संघका अध्यक्ष मार्वान सुदाहले संविधान संशोधनबाट सी चिनफिङको नेतृत्वमा रहेको पार्टीको निर्देशनमा चीनको निरन्तर स्थिर विकास हुन प्रत्याभूति भएको प्रकाश पार्नुभएको छ। केही वर्षयता चीनको विकासले विश्वमा नमूना खडा गरेको र नयाँ युगमा चीनको अर्थ तथा समाज अझ समृद्ध हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ।

शान्ति विकास बाटोमा अघि बढ्नु, हितयुक्त खुला रणनीतिको पालना गर्दै जानु र मानवजातिको संयुक्त समूदायको निर्माणलाई अघि बढाउनु लगायत यस पटक संविधानमा थपिएका विषयहरूबारे चर्चा गर्दै विदेशका विभिन्न क्षेत्रका व्यक्तित्वहरूले ती बिषयहरू शान्ति, विकास, सहयोग, साझा विजयी भन्ने युगको प्रवाहसँगै मिलेको र चीनले विश्वको शान्ति तथा संयुक्त विकासको प्रवर्द्धन गर्नको लागि अझ ठूलो योगदान दिने विश्वास व्यक्त गरेका छन्।

विश्वका विभिन्न मुलुकको संसद संघका महासचिव मार्टिन छोङगोङले चीनको आर्थिक तथा सामाजिक विकास एवं खुला नीतिको कार्यन्वयनबाट अझ महत्वपूर्ण तथा सकारात्मक प्रभाव पार्ने अठोट व्यक्त गर्नुभएको छ। मानवजातिको साझा समूदायको निर्माणलाई बढाउनु नै चिनियाँ जनताको लक्ष्य रहेको र विश्वको शान्ति, स्थिरता तथा वकासको लागि फाइदाजनक रहेको पनि उहाँले प्रकाश पार्नुभएको छ।

जानकारी तथा लेखहरु