फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी जनमुक्ति सेना र सशस्त्र प्रहारी प्रतिनिधि मण्डलको पूर्ण बैठकमा उपस्थित

(GMT+08:00) 2018-03-12 19:34:40

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवं चिनियाँ केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले मार्च बाह्र तारिख विहान तेर्‍हौँ चिनियाँ राष्ट्रिय जन काँग्रेसको पहिलो अधिवेशनअन्तर्गत जन मुक्ति सेना र सशस्त्र प्रहारी सेना प्रतिनिधि मण्डलको पूर्ण बैठकमा उपस्थित हुँदै सैनिक र जनताको समिश्रणको विकास रणनीति एकीकरण राष्ट्रिय रणनीति प्रणाली र क्षमताको सिर्जना गर्न आवश्यकता हो भन्दै नयाँ युगमा चिनियाँ कम्युनिष्ट पार्टीले सेनालाई बलियो पार्ने लक्ष्यको आवश्यक छनौट गरेको बताउनुभएको छ।

राष्ट्राध्यक्ष सीले रणनीतिक निर्देशन बढाउने, सुधार तथा सिर्जनशीलता बढाउने, सेना र स्थानीय क्षेत्रको सहयोग बढाउने कुरामा जोड दिनुभयो। उहाँले नयाँ युगमा सैनिक र जनताको समिश्रणको विकासको नयाँ प्रवृत्तिको सिर्जना प्रयास गर्दै चिनियाँ सपना र सेनालाई बलियो पार्ने सपनालाई साकार तुल्याउनका लागि शक्ति र रणनीतिको टेवा उपलब्ध गराउने उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु