फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चीनको अल्पसंख्यक जाति#नेचुङ्ग गुम्बा

(GMT+08:00) 2018-03-13 15:48:11

 

नेचुङ्ग गुम्बा ड्रेपुङ गुम्बाको मातहत रहेको गुम्बा हो त्यसलाई नेचुङ्ग बुद्ध संरक्षण दरबार पनि भनिन्छ। तिब्बती भाषामा ने भनेको क्षेत्र हो र चुङ्ग भनेको सानो हो त्यसैले नेचुङ्ग गुम्बाको अर्थ ड्रेपुङ गुम्बामातहत एक सानो क्षेत्र भन्ने रहेको छ। नाम जस्तै नेचुङ्ग गुम्बा गाउँलेका घरहरुबीच रहेको सानो आँगनमा पर्छ। सानो भएपनि नेचुङ्ग गुम्बा तिब्बती इतिहासमा महत्वपूर्ण बौद्ध धर्मको उच्च शैक्षिक संस्था थियो। हाल तिब्बतको प्रसिद्ध बौद्ध धर्म कलेजका रुपमा अझै पनि क्रियाशील छ।

बीसौँ शताब्दीको सुरुवात्‌मा नेचुङ्ग गुम्बा निकै समृद्ध थियो। गुम्बा धन राख्ने विशेष गोदाम घर थियो, गुम्बाको सजावट पनि सुन्दर तथा शानदार थियो, गुम्बा वरिपरि पनि ठूलो बगैँचा थियो त्यहाँ चितुवा र अन्य हिंस्रक जनावरहरु रहेका थिए। हाल नेचुङ्ग गुम्बाको अगाडि ढुङ्गाबाट बनेका दुईवटा सिंह रहेका छन्। अगाडि ढोकाका दुईपट्टिका भित्तामा बेग्ला बेग्लै गरी पेहार र डोर्जे शुग्डेन दुईवटा बुद्ध संरक्षकको चित्र कुँदिएको छ। अगाडि ढोकाबाट मुख्य दरबारभित्र पेस भएर मुख्य दरबारलाई तीनवटा ठूला स्तम्भबाट केही कोरिडर विभाजित हुन्छ। मध्य कोरिडरमा तिब्बती टेबल र गद्दी राखिएको छ जसबाट भिक्षुले त्यहाँ बसेर सूत्र पढ्ने गर्छन्। मुख्य दरबारका वरिपरि केही साना हल छन् तीमध्ये उत्तर-पश्चिम कुनामा पर्ने पेहार हल सबभन्दा प्रसिद्ध हुन्छ। हलमा एक सेतो घाताबाट घेरिएको रुख छ। किम्बदन्तीअनुसार, बुद्ध संरक्षक पेहार परेवार बनेर यहाँ आराम गर्थे। मुख्य दरबारको ठ्याक्कै उत्तरपट्टि पर्ने नेचुङ्ग बुद्ध संरक्षक हलमा नेचुङ्ग बुद्ध संरक्षक राजाको धार्मिक कार्यक्रममा लगाउने विशेष पोशाक राखिन्छ।

1  2  
जानकारी तथा लेखहरु