फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ विशेषतायुक्त समाजवादी प्रजातन्त्र प्रतिबिम्बितः राजदूतहरु

(GMT+08:00) 2018-03-13 16:09:47

चीनका लागि केही विदेशी राजदूतले चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआई अनलाइनलाई अन्तर्वार्ता दिँदै पाँच वर्षयता वैज्ञानिक-प्राविधिक सिर्जनशीलता, गरिबी निवारण, आर्थिक र कूटनीतिक क्षेत्रमा चीनले प्राप्त गरेको उल्लेखनीय उपलब्धिको उच्च प्रशंसा गर्नुभएको छ।

अन्तर्वार्तामा उहाँहरूले चिनियाँ राष्ट्रिय जन काँग्रेस र चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन व्यवस्थाबाट चिनियाँ विशेषतायुक्त समाजवादी प्रजातन्त्र प्रतिबिम्बित गरिएको बताउँदै चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारले आफ्नो सत्तामा जनताका लागि वास्तविक काम गरेको भावना सिक्न लायक कुरा रहेको औँल्याउनुभएको छ। सन् 2018 का दुई अधिवेशनले निरन्तर रुपमा चीनका लागि स्थिर रुपमा विकास हुने बाटो उपलब्ध गराउँदै जाने विश्वास पनि उहाँहरूले व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु