फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विमान दुर्घटनाबारे बुझ्न उच्चस्तरीय बंगलादेशी टोली काठमाडौंमा

(GMT+08:00) 2018-03-13 16:13:38

हिजो सोमबार काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरणको क्रममा दुर्घटनाग्रस्त यूस बंगला विमान बारे जानकारी लिन बंगलादेशका नागरिक उड्डयन तथा पर्यटन मन्त्री एकेएम शाहाजहान कमालसहितको एक उच्चस्तरीय टोली नेपाल आएको कान्तिपुर अनलाइनले लेखेको छ।

बंगलादेशकी प्रधानमन्त्री शेखहसिना वाजेदले पठाएको उक्त टोली आज मंगलबार त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो। टोलीले यूस बंगला विमान दुर्घटनामा परी घाइते भएकाहरुको उपचार तथा दिवंगत भएकाहरुका बारे औपचारिक जानकारी लिने बताइएको छ। यस्तै विदेशमन्त्रीसहतिको उच्चस्तरीय टोलीले विमान दुर्घटनाका कारण बारे पनि यहाँका अधिकारीहरुसँग छलफल गर्ने बताइएको छ।

हिजो दुर्घटनाग्रस्त भएको विमानमा ३३ नेपाली, ४ जना चालकदलका सदस्यसहित ३६ बंगलादेशी, एक चिनियाँ र एक माल्दिभ्सका नागरिक सवार थिए। जसमध्ये ४९ जनाको मृत्यु भएको थियो।

जानकारी तथा लेखहरु