फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नवलपरासीमा गिद्ध संरक्षण अभियान

(GMT+08:00) 2018-03-13 16:25:34

गिद्ध संरक्षणका लागि नवलपरासी (बर्दघाट– सुस्ता पूर्व) मा गिद्ध संरक्षणका अभियान सञ्चालन गरिएको छ। कावासोती नगरपालिका–८ मा गिद्धलाई आहार जुटाउनका लागि जटायु रेष्टुराँ नै सञ्चालन गरिएको छ। युएनडिपीको स्मल ग्रान्ट्स प्रोग्राम (एसजिपी) ले आर्थिक सहयोग गरेपछि यसरी गिद्धको संरक्षण शुरु भएको जटायु रेष्टुराँ व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर चौधरी बताउनु भएको नेपाल खबर अनलाइनले लेखेको छ।

बूढा गाईगोरुलाई गिद्धको आहारा बनउन रेष्टुराँ नै बनाइएको छ। चौधरीका अनुसार गिद्ध संरक्षण गर्नका लागि चितवनको कसरामा रहेको प्रजनन केन्द्रबाट गिद्धलाई नवलपुरको प्रकृतिमा छाडेर वातावरणअनुसारको स्थानमा संरक्षण गरिएको छ।

रेस्टुराँमा शुरुमा ७२ गिद्ध थिए। एसजिपीको सहयोगमा गाउँले संरक्षणमा लागेपछि २१७ सम्म गिद्ध गणना गरिएको चौधरीले बताए। हाल त्यहाँ पर्यटकको आवागमन पनि बढेको छ। पर्यटकले गिद्धको अध्ययन गर्नाका साथै जिप सफारी गरेर घाँसे मैदान, गैँडा, हात्ती, बाघलगायत जंगली जनावर हेरेर रमाउने गर्छन्। गिद्धको अध्ययन गर्नकै लागि भनेर जीवशास्त्रका विदेशी विद्यार्थी पनि यहाँ आउने गरेका छन्।

जानकारी तथा लेखहरु