फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"बीआरआई"मा आबद्ध मुलुकका उद्योग-व्यवसायलाई चीनमा स्वागत

(GMT+08:00) 2018-03-13 16:28:26

मार्च तेह्र तारिख तेह्रौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको पहिलो अधिवेशनको "मन्त्री मार्ग"मा चीनको राज्य परिषदअन्तर्गत राष्ट्रिय स्वामित्वयुक्त पूँजी अनुगमन तथा व्यवस्थापन समितिका प्रमुख स्याउ या छिङले पत्रकारले सोधेका प्रश्नको जवाफ दिँदै "बेल्ड एण्ड रोड बीआरआई" प्रस्तावले आबद्ध मुलुकहरूका लागि धेरै रोजगार अवसर र आर्थिक विकासको अवसर उपलब्ध गराएको बताउनुभयो। उहाँले आबद्ध मुलुकहरूका उद्योग-व्यवसायहरूलाई चिनियाँ बजारमा प्रवेशमा स्वागत गरेको कुरा बताउनुभएको छ।

स्याउले हालैका वर्षहरूयता चिनियाँ केन्द्रीय उद्योग-व्यवसायहरूले धेरै परियोजनाहरू कार्यान्वयन गरेका र केही प्रगति हासिल गरेको बताउँदै चिनियाँ केन्द्रीय उद्योग-व्यवसायहरू बाहिर गएको साथै "बेल्ड एण्ड रोड" आबद्ध मुलुकहरूका लागि धेरै रोजगार अवसर र आर्थिक विकास अवसर उपलब्ध गराएको बताउनुभयो। उहाँले "बेल्ड एण्ड रोड"मा आबद्ध मुलुकहरूका उद्योग-व्यवसायहरूलाई चिनियाँ केन्द्रीय उद्योग-व्यवसायहरू र राष्ट्रिय स्वामित्वयुक्त पूँजी उद्योग-व्यवसायहरूलाईसँग सहयोग गर्न चीनमा स्वागत गरेको पनि उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु