फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँमा भएको विमान दुर्घटनामा १ चिनियाँ नागरिकको मृत्यु

(GMT+08:00) 2018-03-13 16:29:47

हिजो मार्च १२ तारिख दिउँसो २ बजेर १८ मिनेट जाँदा ढाकाबाट नेपालको राजधानी काठमाडौं उडेको युएस-बंगला एयरलाइन्सको फ्लाइट बी.एस.२११ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको छ। सो दुर्घटनामा हालसम्म ४९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा एकजना चिनियाँ नागरिक पनि परेको समाचारमा बताइएको छ।

नेपालको लागि चिनियाँ राजदूताबासले दुर्घटनास्थलमा चिनियाँ नागरिकको हताहत अवस्थाबारे जानकारी लिएको छ। नेपालको परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्पर्क पनि गरेको छ। दुर्घटनामा परेको सो विमानमा रहेका ७१ जनामध्ये ४९ जनाको ज्यान गएको साथै घाइते भएको अन्य २२ जनाको काठमाडौँका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ। दुर्घटनामा मरेका चिनियाँ नागरिकप्रति सात्वना व्यक्त व्यक्त गर्दै नेपालको लागि चिनियाँ दूताबासले मृतक चिनियाँ नागरिकका परिवार र कम्पनीलाई सूचना दिइसकेको छ। दूताबासबाले आगामी दिनमा अपनाइने कार्यमा पनि सहयोग दिँदै जाने बताएको छ।

जानकारी तथा लेखहरु