फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा भ्रष्टाचार विरोधी पहिलो राष्ट्रिय कानुन मसौदा पेश

(GMT+08:00) 2018-03-13 16:31:15

चीनमा भ्रष्टाचार विरोधी पहिलो राष्ट्रिय कानुन मसौदा जनगणतन्त्र चीन पर्यपेक्षण ऐन मसौदा आज मार्च १३ तारिख १३औँ चिनियाँ राष्ट्रिय जन काँग्रेस स्थायी समितिको पहिलो अधिवेशनमा पेश गरिएको छ। केही दिनअघि पारित संविधान संशोधन विधेयक वमोजिम, पर्यपेक्षण ऐन मसौदामा चीनमा पर्यपेक्षण संस्थाको कानुनी स्थान, कार्यभार, पर्यपेक्षण अधिकारको सिमा तथा सम्बन्धित प्रक्रिया एवं जाँचमा परेका व्यक्तिहरूको कानुनी हक-अधिकारको प्रत्याभूतिमा कडा रूपमा तोकिएको छ। सो मसौदा जन काँग्रेसको अधिवेशनबाट पारित भएपछि नयाँ युगमा चीनमा भ्रष्टाचार विरोधी संधर्षका लागि कानुनी प्रत्याभूति प्रदान हुने छ।

देशको पर्यपेक्षण सुधारलाई गहन पार्नु नै सी चिनफिङको नेतृत्वमा रहेको चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले निश्चित गरेको महत्वपूर्ण राजनीतिक अवस्थाको सुधार हो। भ्रष्टाचार विरोधी कार्यमा चिनियाँ कम्युनिष्ट पार्टीको एकीकृत नेतृत्वको प्रवर्द्धन गर्दै सामूहिक, एकीकृत, उच्च कार्यकुशल चिनियाँ विशेषतायुक्त पर्यपेक्षण अवस्था स्थापना गरेर सबै सरकारी अधिकारलाई व्यवहारमा उतार्ने सबै कर्मचारीको पर्यपेक्षण गर्नु भन्ने यस पर्यपेक्षण सुधारको उद्देश्य रहेको छ।

पर्यपेक्षण ऐन मसौदा वमोजिम, पर्यपेक्षणमा परेका सरकारी कर्मचारी ६ किसिमका हुनेछन्। पर्यपेक्षण संस्थाले पर्यपेक्षणमा रहेको व्यक्तिप्रति कुराकानी, सोधपुछ लगायत १२ किसिमको काम गर्न सक्ने छन्। पर्यपेक्षण संस्थालाई जन काँग्रेसबाट निगरानी गरिने व्यवस्था मस्यौदामा गरिएको छ।

जानकारी तथा लेखहरु