चीन सरकारको नयाँ संस्थागत सुधार योजना मार्च १३ तारिख १३औँ चिनियाँ राष्ट्रिय जन काँग्रेस स्थायी समितिको पहिलो अधिवेशनमा पेश गरिएको छ। सो योजना वमोजिम, सुधारपछि चीनमा सर्वोच्च प्रशासनिक संस्था—राज्य परिषदमा २७ वटा विभागको गठन हुनेछ।
चीनको राज्य परिषदका सदस्य वाङ युङले सो संस्थागत सुधार बारे ब्याख्या गर्दै यस पटकको सुधारको उद्देश्य नै स्पष्ट जिम्मेवारी र कानुनी शासनको प्रणाली स्थापना गरेर सरकारको कार्यान्वयन क्षमतालाइ उकास्नु रहेको बताउनुभएको छ।
सरकारी कार्य र अधिकारलाई सरलीकृत विकेन्द्रीकरण गर्दै बजारको अनुगमन तथा व्यवस्थापन र कानुन लागू गर्ने अवस्थालाई सुधार गर्नुका साथै निगरानी तथा व्यवस्थापनलाई सबल पार्नु नै यस पटकको संस्थागत सुधारको महत्वपूर्ण क्षेत्र हो। सुधार योजना वमोजिम, चीनमा राष्ट्रिय बजार निगरानी तथा व्यवस्थापन व्यूरो, चिनियाँ बैंकिङ बिमाको निगरानी तथा व्यवस्थापन समितिको गठन गरिने छ। साथै राष्ट्रिय आप्रवासन व्यवस्थापन व्यूरो, राष्ट्रिय अन्तर्राष्ट्रिय विकास सहयोग विभाग, प्रकृति श्रोत मन्त्रालय, पर्यावरण तथा वातावरण मन्त्रालय आदि संस्थाको पनि गठन गरिने छ।