फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युगको चाहनाबमोजिम चीनको संविधान संशोधन भएको विज्ञहरुको ठहर

(GMT+08:00) 2018-03-13 16:38:11

मार्च एघार तारिख तेह्रौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको पहिलो अधिवेशनले उच्च मतका साथ चीनको संविधान संशोधन गरेको छ। चीनको वर्तमान संविधान सन् 1982 देखि लागू भएको हो। यो संविधान लागू भएपछि चीनको सर्वोच्च राष्ट्रिय अधिकार संस्थानले संविधान संशोधन गरेको यो पाँचौं पटक हो। चिनियाँ राष्ट्रिय जन काँग्रेसका प्रतिनिधिहरूले युगको चाहनाबमोजिम संविधान संशोधनले चौतर्फी रुपमा कानुनअनुसार देशको शासनको नयाँ स्थितिको खडा गर्ने, महत्वपूर्ण अर्थ र गहिरो अर्थ रहने ठहर लिएका छन्।

चिनियाँ राष्ट्रिय जन काँग्रेसका प्रतिनिधि एवं क्वाङ तुङ को तिङ नामक वकील कार्यालयका प्रमुख चु ल्य युको विचारमा नयाँ पारित भएको संविधानले संविधानको स्थिरतालाई कायम राखेको छ।

संविधान संशोधनमा "चिनियाँ राष्ट्रिय जन काँग्रेसको कानुन समिति"को नामलाई "चिनियाँ राष्ट्रिय जन काँग्रेसको संविधान तथा कानुन समिति"को नाममा परिणत गरिएको छ। चिनियाँ राष्ट्रिय जन काँग्रेसका प्रतिनिधि एवम् शान तुङ युआन तु यिङ वकील कार्यालयका प्रमुख काउ मिङ छिनले संविधान संशोधन निकै आवश्यक भएको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु