फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा भएको विमान दुर्घटनाप्रति चीनद्वारा दुःख व्यक्त

(GMT+08:00) 2018-03-13 18:47:26

चीनले नेपालमा भएको विमान दुर्घटनामा ठूलो हताहत भएकोमा दिलैदेखि दुःख व्यक्त गर्दै दुर्घटनामा मारिएकाहरूप्रति हार्दिक शोक व्यक्त गरेको छ। उक्त कुरा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले आज मार्च १३ तारिख आयोजित पत्रकार सम्मेलनमा भन्नुभएको हो।

प्रवक्ता लुले नेपालमा भएको विमान दुर्घटनाबारे जानकारी लिन चिनियाँ दूताबासले तुरून्तै दुर्घटनास्थलमा व्यक्ति पठाएको र दुर्घटनामा मारिएका चिनियाँ यात्रुको परिवारलाई जानकारी गराइ आवश्यक सहयोग दिइरहेको बताउनु भएको छ। चिनियाँ परराष्ट्र मन्त्रालय तथा चिनियाँ दूताबासले दुर्घटनाको पछिल्लो अवस्थामा निरन्तर ध्यान दिँदै जाने कुरा पनि जनाइएको छ।

जानकारी तथा लेखहरु