फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा राष्ट्रपतिका लागि मतदान सम्पन्न, नतिजा आजै प्रकाशन हुने

(GMT+08:00) 2018-03-13 18:52:47

नेपालमा तेस्रो राष्ट्रपति चयनका लागि आज मंगलबार मतदान भएको छ। मतदान विहान दश बजेदेखि दिउँसो तीन बजेसम्म भएको हो। मतदानपछि अपरान्ह चार बजे मतगणना सुरु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कुमारी लक्ष्मी राई चुनावी मैदानमा उत्रिनु भएको छ। भण्डारीलाई सत्तारूढ वाम गठबन्धन तथा राईलाई विपक्षी नेपाली कांग्रेसको समर्थन छ। राष्ट्रपति निर्वाचनमा संघीय संसद् तथा प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ। कानुनले संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ तोकेको छ। प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ गरी संघीय संसद्का ३ सय ३४ र सातवटै प्रदेशसभाका ५ सय ५० सदस्य मतदाता थिए।

निर्वाचन आयोगले संघीय संसद्का ३ सय ३१ र प्रदेशसभाका ५ सय ४९ जनाको अन्तिम नामावली प्रकाशित गरेको थियो। नामावली प्रकाशनपछि शपथग्रहण गर्न पाएका राष्ट्रिय सभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत ३ सदस्यले मतदान गर्न पाएनन्। प्रदेशसभामा मनाङबाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे)को नाम अन्तिम नामावलीमा छैन।

1  2  3  
जानकारी तथा लेखहरु