फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी र प्रधानमन्त्री लीद्वारा बंगलादेश र नेपालका समकक्षीलाई समवेदना सन्देश

(GMT+08:00) 2018-03-13 19:42:08

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज मार्च तेह्र तारिख नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र बंगलादेशका राष्ट्रपति अब्दुल हामिदलाई समवेदना सन्देश पठाई बंगलादेशको विमान नेपालमा दुर्घटना भएकोप्रति दुःख व्यक्त गर्नुभएको छ।

समवेदना सन्देशमा राष्ट्राध्यक्ष सीले उक्त विमान दुर्घटनाबाट धेरै जनाको हताहत भएकोमा दुःख व्यक्त गर्दै चीन सरकार र चिनियाँ जनताको तर्फबाट तथा आफ्नो व्यक्तिगत तर्फबाट मृतकप्रति श्रद्धान्जली व्यक्त गर्नुभएको छ। उहाँले मृतकका परिवार सदस्यहरूलाई हार्दिक समवेदना पनि व्यक्त गरेको गर्नु भएको छ।

यसैगरी आजै चीनका प्रधानमन्त्री ली ख छ्याङले पनि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका प्रधानमन्त्री शेख हसिनालाई समवेदना सन्देश पठाउनुभएको छ।

जानकारी तथा लेखहरु