फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चिनारी#विश्व उपभोक्ता अधिकार दिवस

(GMT+08:00) 2018-03-14 10:14:53

मार्च 15 तारिख विश्व उपभोक्ता अधिकार दिवस हो। यस दिवस सबै उपभोक्तासित सम्बन्धित रहेको छ।

सन् 1962 मार्च 15 तारिख अमेरिकाका भूतपूर्व राष्ट्रपति जोन एफ केनेडीले काँग्रेसमा "उपभोक्ताको अधिकार र फाइदा तथा सुरक्षासम्बन्धी विशेष विवरण" सार्वनजिक गर्नुभएको थियो। सो विवरणमा पहिलोपटक उपभोक्ताका चार अधिकार अर्थात् सुरक्षाको अधिकार, उचित सूचना पाउने अधिकार, स्वतन्त्र रुपमा छान्ने अधिकार र उपभोक्ताको विचार र सुझाव दिने अधिकार प्रस्तुत गरिएको थियो। क्रमशः विश्वव्यापी रुपमा उपभोक्ता संगठनले राष्ट्रपति केनेडीद्बारा प्रस्तुत यी चार अधिकारहरुलार्इ स्वीकार गरेर आफ्ना कार्यको लक्ष्य बनाउँदैआएका छन्। त्यसपछि अन्तर्राष्ट्रिय उपभोक्ता संघले आधारभूत माग पूरा गर्ने अधिकार, विवादको निष्पक्ष समाधान गर्ने अधिकार, उपभोगसम्बन्धी आधारभूत ज्ञान पाउने अधिकार र स्वास्थ्य वातावरणमा जीवन बिताउने तथा कार्य गर्ने अधिकारलगायत चार अधिकार प्रस्तुत गर्‍यो। यी आठ वटा अधिकारहरुलार्इ उपभोक्ताको अधिकार तथा फाइदा र सुरक्षा गर्ने आठ सिद्धान्त मानिन्छ।

अन्तर्राष्ट्रिय उपभोक्ता संघले सन् 1983मा हरेक वर्ष मार्च महिनाको 15 तारिखलाई विश्व उपभोक्ता अधिकार दिवस निश्चित गर्‍यो। उपभोक्ताको अधिकार र फाइदाको सुरक्षालाई सबल पार्न र विभिन्न देश र क्षेत्रमा उपभोक्ता संगठनबीचको सहयोग र आदान-प्रदानलाई बढाउनका लागि उक्त दिवसको स्थापना भएको हो।

सन् 1985 अप्रिल 9 तारिख संयुक्त राष्ट्र संघको महाधिवेशनले "उपभोक्ताको सुरक्षा सिद्धान्त" पारीत गरेर विभिन्न देशहरुसँग उपभोक्ताको अधिकार र फाइदाको सुरक्षा गर्न ताकिता गर्‍यो।

सन् 1984डिसेम्बर 26 तारिख चिनियाँ उपभोक्ता संघ स्थापना भयो र सन् 1987मा अन्तर्राष्ट्रिय उपभोक्ता संघको सदस्य मुलुक बन्यो।

अन्तर्राष्ट्रिय उपभोक्ता संघका अध्यक्ष रोडार्फाङ्ग पार्कीङ्गले यसरी भन्नुभयो - जनताबीचको आदान-प्रदान, उत्पादित सामानको आयात-निर्यात, प्रविधि तथा सञ्चारलगायत गतिविधिका कारण यस अधिकारलार्इ विश्वव्यापी रुपमा सबल पार्नुपर्छ। हरेक मुलुकका उपभोक्ता संगठनले विश्वव्यापी रुपमा आफ्ना उपभोक्ताका अधिकार तथा फाइदाको सुरक्षा गर्नका लागि प्रयास गर्नुपर्छ। हामीले मार्च 15 तारिखमा हरेक पक्षलाई उपभोक्ताका लागि बनाइएको आवाज सुनाउँछौं साथै भविष्यको कार्य तथा प्रयासका लागि भावनात्मक शक्ति प्रदान गर्छौं।

उहाँका अनुसार, उपभोक्ता संघको मुख्य कार्य यस्ता छन्:

⑴ उपभोक्तालाई सूचना दिनुका साथै शिक्षा दिएर उपभोक्ताको विचार र क्षमतालाई सबल पार्नु

⑵ उपभोक्ताको उजुरीको सामना गर्नुका साथै आर्थिक क्षतिलाई कम पार्ने

⑶ उपभोक्ताको विचार संकलन गरेर व्यवसायलाई हस्तान्तरण गर्ने

⑷ उपभोक्ताको स्थानलाई माथि उकास्नका लागि उपभोक्ताको अधिकारको प्रचार गर्ने

⑸ सरकारले उपभोक्तासित सम्बन्धित कानून र नीतिको तर्जुमामा भाग लिनुका साथै सरकारसँग उपभोक्तासम्बन्धी संस्थाको स्थापना गर्न अनुरोध गर्ने

⑹ उपभोक्ता समूहको स्थापना गरेर उपभोक्ताको अधिकारको सुनिश्चितता

⑺ अन्तर्राष्ट्रिय उपभोक्ता समूहबीचको सहयोगलाई सबल पार्ने

हामी सबै जना उपभोक्ता हौं। विश्व उपभोक्ता अधिकार दिवसको उपलक्ष्यमा हामी हातमा हात मिलाएर आफ्ना अधिकारको प्रयोग गरी फाइदा उठाऔं।

जानकारी तथा लेखहरु