फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विमान दुर्घटनापछिको उद्धारमा नेपालको सक्रियताको बंगलादेशद्वारा प्रशंसा'

(GMT+08:00) 2018-03-15 15:08:40

बंगलादेश सरकारका नागरिक उड्डयन तथा पर्यटनमन्त्री एकेएम शाहजान कमालले विमान दुर्घटनापछि नेपाल सरकारले उद्धारमा देखाएको तत्परताको प्रशंसा गर्नु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

यूएस बंगला विमान दुर्घटना भएको भोलिपल्ट मंगलबार टोली नेपाल आएको थियो। ६७ यात्रु र ४ चालक दलसहितको उक्त विमान दुर्घटनामा ४९ जनाको ज्यान गएको थियो। टोली काठमाडौं आएर घाइतेबारे जानकारी लिइरहेको छ। टोलीले प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रामबहादुर थापा र अन्य उच्च पदस्थ अधिकारीसँग भेट गरेको छ।

विमान दुर्घटनालगत्तै गृहमन्त्री र अन्य उच्च अधिकारी दुर्घटनास्थल पुगेर राहत तथा उद्धारलाई तीव्रता दिन निर्देशन दिँदै घटनाको छानबिनसमेत अघि बढाएको जानकारी प्रधानमन्त्री ओलीले कमाललाई गराउनु भएको थियो। दुर्घटनामा निधन भएका बंगलादेशी नागरिकको शव पहिचान तथा शव परीक्षण प्रक्रिया जारी रहेको र त्यो सकिनेबित्तिकै शव बंगलादेश पठाउने व्यवस्था मिलाइने जानकारी पनि उहाँले दिनुभयो। गृहमन्त्री थापाले दुर्घटनाको छानबिनका लागि समिति गठन गरिएको बंगलादेशी टोलीलाई जानकारी गराउनु भएको थियो।

मन्त्री कमालले दुर्घटनामा घाइते आफ्ना १० नागरिकलाई काठमाडौंका विभिन्न अस्पताल पुगी भेट्नु भएको थियो। उनीहरूको उपचारमा आफूहरू सन्तुष्ट रहेको बताएको पनि गृहले जनाएको छ। उपचारका लागि विदेश लैजान र यहाँ बंगलादेशका चिकित्सक पठाउनसमेत तयार रहेको बंगलादेशका मन्त्रीले बताउनु भएको थियो। गृहमन्त्री थापाले सबै विषयमा सहजीकरण गर्न सरकार तयार रहेको आश्वस्त पार्नुभएको थियो।

जानकारी तथा लेखहरु