फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको तेह्रौं राष्ट्रिय समितिको पहिलो अधिवेशन सम्पन्न 2

(GMT+08:00) 2018-03-15 15:22:23

चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको तेह्रौं राष्ट्रिय समितिको पहिलो अधिवेशन आज पैचिङमा सम्पन्न भयो। सी चिन फिङ लगायत चिनियाँ कम्युनिष्ट पार्टी तथा चीन सरकारका नेतागण समापन समारोहमा उपस्थित हुनुभयो। चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको तेह्रौं राष्ट्रिय समितिका नव निर्वाचित अध्यक्ष वाङ याङले आफ्नो सम्बोधनमा चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनले चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौं महाधिवेशनको भावनालाई निष्ठापूर्वक कार्यान्वयन गर्नुपर्ने,सी चिन फिङ नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादी विचारलाई विभिन्न कार्यलाई डोर्‍याउने निर्देशिका बनाउनुपर्ने,चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वलाई जारी राख्नुपर्ने,जन राजनीतिक परामर्शदातृ सम्मेलनको स्थिति निर्धारणलाई कायम राखेर आफ्नो जिम्मेवारीलाई निष्ठापूर्वक वहन गर्नुपर्ने तथा नयाँ युगमा जन राजनीतिक परामर्शदातृ सम्मेलनको नयाँ अध्याय लेख्नुपर्ने कुरामा जोड दिनुभयो।

नवनिर्वाचित अध्यक्ष वाङ याङले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको बहुपक्षीय सहयोग तथा राजनीतिक परामर्श व्यवस्था चीनको एउटा आधारभूत राजनीतिक व्यवस्था हो भन्दै यो व्यवस्था चिनियाँ कम्युनिष्ट पार्टी,चिनियाँ जनता तथा चीनका विभिन्न प्रजातान्त्रिक पार्टीहरु तथा निर्दलीय व्यक्तिहरुसँगै मिलेर बनाएको एउटा महान राजनीतिक सिर्जना भएको बताउनुभयो।

1  2  3  
जानकारी तथा लेखहरु